Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली न.पा वडा नं–७ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

नेपाल अभियान नेपाल अभियान
३० फाल्गुन २०८०, बुधबार
in समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३० फागुन । मन्थली नगरपालिका वडा नं–७ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
बुधवार मन्थली नगर प्रमुख लव श्रेष्ठले एक समारोहका विच सो भवनको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले नव निर्मित भवनबाट सेवा प्रवाह सहज हुने भएकोले प्रभावकारी सेवा प्रवाहका लागि अनुरोध गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्थली नगर उप प्रमुख इश्वरी बस्नेतले मन्थली नगरले १४ वटै वडामा समानुपातिक विकास निर्माणको काम गर्नु पर्ने भएकोले यस वडावासीको अपेक्षा अनुसार बिकास निर्माणका काम गर्न नसकेको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वडा कार्यालय र जिल्ला प्रशसन एक अर्काका परिपुरक भएकोले यी दुई कार्यालयहरु विच नङ र मासुको जस्तो सम्बन्ध भएर काम गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रबिन कार्कीले चुनाव अघि जुन जुन दल बाट टिकट लिएर चुनाबी मैदानमा होमिएको भएपनि चुनाव जितेपछि त्यो जन निर्वाचित प्रतिनिधि हुने भएकोले सबै खाले जनताको काम विना भेदभाव गर्नुपर्ने कुरालाई जोड दिनुययो ।

सो अवसरमा वडा स्तरीय राजनैतिक दलहरुको तर्फबाट काँग्रेसका वल बहादुर तामाङ्ग, एमालेका कमल खड्का, माओवादि केन्द्रका हिरा सिं तामाङ, राप्रपाका केदार प्रसाद ढुंगेल, नेकपा विप्लवका इन्चार्ज इन्द्र श्रेष्ठ लगाएतले आ–आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा वडा सदस्य खिरलाल तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो भने वडा वाल सञ्जालका वालवालिकाहरुले स्वागत नृत्य प्रदर्शन गरेका थिए ।


सो अबसरमा वडा कार्यालय भवन निर्माणका लागि ११ आना जग्गा दिने पुर्ण बहादुर माझी, ५–५ आना जग्गा दिने क्रमशः अक्कल वहादुर माझी र पञ्च बहादुर माझी एबं शहरी स्वास्थ्य केन्द्र वडिमुहानका लागि १ रोपनी जग्गा दिने कल्पना कुमारी श्रेष्ठ र ४ आना जग्गा दिने दुर्गाकुमारी खत्रीलाई सम्मान गरिएको थियो ।


त्यसैगरी निर्धारित समयमै भवन निर्माण कार्य सम्पन्न गर्ने न्यू बेन्जामिन निर्माण सेवाका प्रोप्राइटर सोम प्रसाद गौतमलाई र भवन निर्माण लगाएत वडाको अन्य विकास निर्माण कार्यका लागि आबश्यक सहयोग र रचनात्मक सल्लाह सुझाव दिई वडालाई महत्वपूर्ण योगदान दिएको भन्दै उक्त वडाका निवर्तमान वडा अध्यक्ष सुदर्शन प्रसाईलाई पनि सम्मान गरिएको थियो ।
सो निर्माण सेवा कोटेश्वर,काठमाण्डौले १ करोड ३६ लाख को लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३० फाल्गुन २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० फाल्गुन २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० फाल्गुन २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० फाल्गुन २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० फाल्गुन २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero