रामेछाप,६ चैत । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको दोस्रो पूर्ण बैठक धुलिखेलमा अाइतवार सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष शिबसागर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आगामी २ बर्षका लागि कार्ययोजना निर्माण गर्नुका साथै विभिन्न विभागहरु समेत गठन गरेको छ ।
बैठकले विभागिय कार्ययोजना सहित सल्लाहकार समिति, केन्द्रीय समितिमा विभिन्न भुगोल बाट मनोनित एबं पूर्व अध्यक्ष नव निधि पन्तको सभापतित्वमा सल्लहकार समिति समेत गठन गरेको महासंघका महासचिब विष्णु पौडेलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया