Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगलागी पिडीतलाई तामाकोसी र मेयरध्वज द्वारा राहत प्रदान

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०८०, मंगलवार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ चैत । रामेछाप नगरपालिका–९ टारका १३ घरका आगलागी पिडितहरु लाई तामाकोसी सेवा समिति मन्थली,मेयरध्वज सेवा समिति रामेछाप न पा–८ भंगेरी र माडवारी सेवा समिति काठमाडौंले छुट्टा छुट्टै राहत वितरण गरेका छन् ।
ति संस्थाका पदाधिकारी एबं सदस्यहरुले मंगलबार घटना स्थलमा पुगेर आगलागी पिडित १३ घर परिवारका लागि सिरक,ग्याँस सहितको सिलिन्डर लगायत विभिन्न खाद्यन्न र खाना पकाउने भाँडाकुडा र जस्तापात समेत वितरण गरेका हुन् ।


लामो समय देखि जिल्लामा सामाजिक कार्यमा संलग्न रहदै आएको तामाकोसी सेवा समिति मन्थलीले वल्र्ड नेवर्स क्यानडाको आर्थिक सहयोगमा १÷१ थान ब्ल्याङकेट,३० केजिको २÷२ बोरा चामल,प्रेसर कुकर, कराई,गिलाँस, थाल,तेल,दाल लगायतका सामाग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी रामेछाप नगरपालिका वडा नं–८ भंगेरीमा रहेको मेयरध्वज सेवा समिति रामेछाप र माडवारी सेवा समिति काठमाडौंले पनि आगलागि पीडित १३ परिवारका लागि परिवार को सदस्य संख्याका आधारमा १ देखि ३ थान सम्म सिरक ,ग्याँस सहितको सिलिन्डर र प्रेसर कुकर १ ÷१ थान,कराई थाल र गिलास र प्रति घर २÷२ बण्डेल जस्तापाता समेत वितरण गरेको मेयरध्वज सेवा समिति रामेछापका अध्यक्ष बैकुण्ठ श्रेष्ठले जानकारी दिनुभयो ।
३ वटै संस्थाका सदस्यहरुले रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ र स्थानीय पिडितहरु समेतको रोहबरमा उक्त राहत सामाग्री उपलब्ध गराएका थिए । सो अवसरमा श्रेष्ठले हाल सम्म गरेको राहत सहयोगका लागि सबै प्रति आभार प्रकट गर्दै जलेका घर हरुको पुनः निर्माणमा थप सहयोग गर्नका लागि सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो । दुई हप्ता अघि घर नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर संगै १४ वटा गोठ जलेर नष्ट भएका थिए ।

Share15Tweet9Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ चैत्र २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ चैत्र २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ चैत्र २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ चैत्र २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ चैत्र २०८०, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.