Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नीति र बिधिमा नचल्ने सहकारी लाई नगरले कार्वाहि गर्छ –नगर प्रमुख श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०८०, मंगलवार
in समाचार, समाज
0
41
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२० चैत । मन्थली नगर प्रमुख लव श्रेष्ठले नीति र बिधिमा नचल्ने सहकारीहरुलाई नगरले कार्वाहि गर्ने बताउनु भएको छ ।
सो कुरा उहाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमको मंगलवार मन्थलीमा उद्घाटनका क्रममा बताउनु भएको हो । सो अबसमरा बोल्दै उहाले नगरले सहकारीको क्षेत्रमा केहि गरेन भनेर आरोप लगाउनु भन्दा पनि के चाहि गरिदिनुपर्ने हो सो कुरा छाता संस्था मार्फत नगरमा लिखित रुपमा आउनुपर्ने बताउनुभयो ।
उहाले नगरको निति तथा कार्यक्रम तर्जुमा गर्ने बेलामा लिखित सल्लाह सुझावहरु दिएमा त्यसलाई नगरले आत्मसाथ गरेर नीति तथा कार्यक्रममा राख्न पहल गर्ने बताउनुभयो ।
उहाले सहकारीको समस्याका वारेमा ज्यादै कुरा उठ्ने तर लिखित रुपमा कसैले पनि उजुरी नगरेकाले नीति र विधि मा नचल्ले सहकारी तथा त्यसमा आबद्ध भाखा नाघ्दा पनि ऋण नतिर्ने शेयर सदस्यहरुलाई नियमन तथा कार्वाहि गर्न नगरलाई समस्या भएको बताउनुभयो । उहाले भन्नुभयो –नगरपालिकामा सहकारी सँग सम्न्धित काम गर्ने कर्मचारी हामिले सहकारीको क्षेत्रको बिज्ञ राखेका छौ तर सहकारीका सञ्चालक एबं कर्मचारीहरुले समयमा जानकारी नगराँउदा मन्थली नगर भित्र रहेका सहकारीहरु समस्या ग्रस्त हुन थालेका हुन् ।

“सहकारीमा सुशासन,प्रबिधि र एकिकरण” भन्ने मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रमका अबसरमा प्रभातफेरी, प्रवचन र सहकारी सँग सम्बन्धित प्रस्तुतिकरण गरिएको थियो ।
मंगलवार बिहान मदन आश्रीत चोक वाट सुरु भएको र्यालीले मन्थली वजाका विभिन्न भागहरु परिक्रमा गरी मन्थली नगर पालिकाको हलमा पुगेर प्रवचन र प्रस्तुतिकरण गरिएकोे थियो ।
रामेछाप जिल्ला सहकारी संघ, रामेछाप जिल्ला बचत संघ, रामेछाप कृषि सहकारी संघ, रामेछाप वहुउद्देश्सीय सहकारी संघको अयोजना तथा मन्थली नरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख लव श्रेष्ठले ब्यानर पढेर गर्नु भएको थियो ।


कार्यक्रमका अवसमा जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालले जिल्लाका सहकारीहरुको बर्तमान अबस्था र सहकारीहरुले भोगीरहेको पिडाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । सहकारी अभियान्ता गोबिन्द घिमिरे,कृषि सहकारी संघका सचिब सुन्दर घिमिरे, बहुद्देस्सिय सहकारी संस्थाका अध्यक्ष चन्द्र मानन्धर नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,दिदिवहिनी वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सोबिता न्यौपाने लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

Share16Tweet10Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० चैत्र २०८०, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० चैत्र २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० चैत्र २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० चैत्र २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० चैत्र २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero