२५ भदौ, २०७६
मन्थली- गिरिजा प्रसाद कोइराला फाउण्डेशन उमाकुण्डले पूर्णता पाएको छ । मंगलबार पवित्रा कुमार सुनुवारको अध्यक्षतामा १४ सदसिय कार्यसमिति बनाउनदै पूर्णता दिइएको हो । अध्यक्ष सुनुवारलाई यस अघि नै फाउण्डेशनका जिल्ला अध्यक्ष दीपक खड्काले मनोनित गरिसक्नु भएको थियो । मंगलबार बिस्तार गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा झपड बहारदुर कार्की, सचिबमा महेश प्रसाद भण्डारी, सहसचिबमा लिला माया घताने, कोषाध्यक्षमा फुलमाया श्रेष्ठ सदस्यहरुमा लिला बहादुर भुजेल र सुर्य कुमारी श्रेष्ठ रहेका छन् ।
त्यस्तै गाउँपलिका कार्यसमितिको पदेना सदस्य हुने गरी ७ वटै वडाका संयोजक पनि तोकिएका छन् । यसरी गाउँपलिका कार्यसमितिको पदेना सदस्य तथा वडा संयोजक हुनेमा वडा नम्बर १ को मिरिन्द्र बस्नेत, वडा नम्बर २ को सुर्य बहादुर बराईली, वडा नम्बर ३ को सुर्य बहादु कार्की, वडा नम्बर ४ को राम बहादुर तामाङ, वडा नम्बर ५ को देबी बहादुर बस्नेत, वडा नम्बर ६ को भागीराम खड्का र वडा नम्बर ७ को कर्णसिंह बराईली रहेका छन् ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का र फउण्डेशनकै क्षेत्र नं. १ का अध्यक्ष सुन्दर कुमार कार्की समेत सहभागितामा उक्त समितिले पूर्णता दिएको गिरिजा प्रसाद कोइराला फाउण्डेशन उमाकुण्ड गाउँपालिकाका अध्यक्ष पवित्रा कुमार सुनुवारले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया