Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका सुवेदी परिवार द्वारा तीन सय भन्दा बढि छात्राहरुलाई छात्राबृत्ति बितरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ भाद्र २०८१, सोमबार
in शिक्षा, समाचार, समाज
0
203
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३ भदौ । पुण्य कर्म गर्ने विभिन्न माध्यमहरु हुन्छन् । कसैले धार्मिक कर्यमा दान गरेर पुण्य कर्म गर्छन भने कसैले दुखि गरिव परिवारका विरामीहरुको उपचार गरेर गर्छन । तर मन्थलीका एक सुवेदी परिवारले भने जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने ३ सय भन्दा बढिछात्राहरुलाई नगद तथा विद्यालय सामाग्री दिएर पुण्य कर्म गर्नुभएको छ ।
सोमवार रामेछापको मन्थली नगरपालिका वडा नं –१ का स्थानीय श्याम सुवेदीको परिवारले जिल्लाका विभिन्न ९ वटा विद्यालयका ३१२ जना गरिव तथा जेहेन्दार छात्राहरुलाई जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम मार्फत नगद, १ वर्षलाई पुग्ने २ दर्जन भन्दा बढि कापी, डटपेन र झोला वितरण गरेको हो ।


सोमवार एक कार्यक्रमको आयोजना गरी ति बिद्यालयहरुले छनौट गरेका गरिब तथा जेहेन्दार छात्राहरु मध्ये केहीलाई पूर्ण र केहीलाई आंसिक छात्राबृत्ति दिइएको सहयोगी दाता तेज प्रसाद (श्याम) सुवेदीले बताउनुभयो ।
पूर्ण छात्रबृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद , बिद्यालय पोशाक र झोला वितरण गरिएको थियो भने आंशिक तर्फ विद्यालय पोशाक, झोला र १ बर्षलाई पुग्ने कापी वितरण गरिएको थियो ।
सहयोग रकम पाएपछि आफुजस्ता गरिब तथा जेहेन्दार छात्राहरुलाई पठन पाठनका लागि निक्कै सहज भएको मन्थली मावि की छात्रा इन्दिरा बुढाथोकीले बताउनु भयो । उहाले यो कार्यक्रम को निरन्तरताको समेत अपेक्षा गर्नुभयो । त्यसैगरी भैरवी मावि सुनारपानी की छात्रा गीता कार्कीले पनि आफु जस्ता छात्राहरु लाई यस्ता कार्यक्रमले निक्कै सहयोग पुगेकाे वताउनुभयो ।


गाउमा अझै पनि छोरा र छोरीको विभेद कायम रहेको , छोरालाई निजी विद्यालय र छोरीलाई सामुदायिक विद्यालय मा पढन पठाउने छोरीलाई शैक्षिक सामाग्री किन्न नसक्ने ग्रामिण परिवेशका अभिभावकहरु लाई यस कार्यक्रमले निक्कै सहयोग पुगेको तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले बताउनुभयो ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मन्थली माविका निवर्तमान प्र.अ गुञ्ज वहादुर श्रेष्ठले यो पुण्य कर्म जो कोहिले गर्न नसक्ने भन्दै यस्ता कार्यक्रमले वालिका र किशोरीहरुको विद्यालय प्रतिको आकर्षण बढ्ने पनि बताउनुभयो ।


आज भन्दा ८ बर्ष अघि देखि नै यो कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यो नवौं कार्यक्रम हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष १० लाख भन्दा बढि खर्च हुने गरेको पनि दानवीर सुवेदीले बताउनुभायो । सुवेदी परिवारले रामेछाप जिल्लाका २ वटा क्याम्पस र ६ वटा माध्यामिक बिद्यालयका छात्राहरुलाई नगद तथा छात्रबृति दिएको हो ।


यसरी छात्र बृत्ति पाउने क्याम्पसमा मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका ६ जना तामाकोशी क्याम्पस खिम्तीका १२ जना बिद्यार्थीहरु रहेका छन् भने सेती देवी मावि सालु र भैरवी मावि सुनारपानी र शिद्धेश्वर मा वि गैराथोकका १०÷१० जना,मन्थली माविका ४२ जना बिद्यार्थीहरु रहेका छन् भने जन विजय आ.वि का ५७ जना रहेका छन् । यस अघि उहाले हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ जना र मावि चिण्डे फुलासीका ११३ जना छात्राहरुलाई सम्बन्धित विद्यालयमै पुगेर छात्राबृत्ति प्रदान गर्नु भएको थियो ।


सहयोगी दाता मध्येका मुल ब्यक्ती तेज प्रसाद सुवेदी (श्याम) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली माविका निवर्तमान प्रअ एबं कार्यक्रमका प्रमुख अतिथि गुञ्ज बहादुर श्रेष्ठ, मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा.भरत कुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्य दिपक प्रसाई , मन्थली नपा वडा न १ का अध्यक्ष होमप्रसाद पौडेल,मन्थली माविका प्र अ टंक प्रसाद दाहाल लगाएतले बोल्दै उहाले गरेका पुण्य कर्मको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।

Share81Tweet51Share14

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३ भाद्र २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ भाद्र २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ भाद्र २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ भाद्र २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ भाद्र २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ भाद्र २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero