
मन्थली,३ असोज । संविधान दिवस विहिवार मन्थलीमा पनि विबिध कार्यक्रमका साथ मन्थलीमा मनाइएको छ
संबिधान दिवस मुल समारोह समितिको अयोजनामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा विभिन्न पञ्चेवाजार र विभिन्न झाकी सहितको रयालीले मन्थली बजारका विभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला समन्वय समितिकी प्रमुख एबं संबिधान दिवस मूल आयोजक समितिकी संयोजक चिना खड्का कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पञ्चेवाजा, लाखे नाच, नाच लगाएत स्काउटका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।
प्रदेश सांसद एबं वागमति प्रदेशका वन वाताराण समितिका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यस अघि भएका विभिन्न कार्यक्रममा विजयी प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा प्रमुख अथिति श्रेष्ठ, मन्थली नगर प्रमुख लव श्रेष्ठ, रामेछाप नगर प्रमुख लव श्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, नेपाली काँग्रेसका कार्यवाहक सभापति लेख बहादुर कार्की, नेकपा एमालेका अध्यक्ष पुरुषोत्तम कडरियो, नेकपा माओवादी केन्द्रका उद्धब रम्तेल, नेकपा एस का विकास पुलामी लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया