मन्थली,७ मंङ्सिर । करदाता सेवा कार्यालयले रामेछापले १३ आंै राष्ट्रिय कर दिवस २०८१ को आवसरमा आयोजना गरेको कर सप्ताह कार्यक्रम अधिक करदाता लाई सम्मान गर्दै आज बाट सकिएको छ । ,
“कर प्रणालीको सार , लगानीको आधार” भन्ने मूल नाराका साथ शुक्रवार मन्थलीमा आयोजना गरिएको करदाता सम्मान कार्यक्रम सँगै यस वर्षको कर सप्ताह समापन भएको कर अधिकृत प्रतिमा घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाबाट अधिक कर तिरेको भन्दै एन.एण्ड के निर्माण सेवाका प्रोप्राइटर खुसहरी बुढाथोकीलाई सम्मान गरिएको थियो ।
कर दिवसको अवसर पारेर यहि मंसिर १ गते देखि ७ गते सम्म सञ्चालन गरिएको कर सप्ताहका अबसरमा मंसिर १ गते वाजागाजा सहित प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो भने त्यसपछि कार्यालय बाट नै कर सम्बन्धि जानकारी पुस्तिका बितरण, जिंङ्गल प्रसारण गरिएको थियो । त्यसैगरी करदाता सेवा कार्यालयमा आउने सेवाग्राहीलाई फुल मालाले स्वागत गरिएको, र रामेछाप नगरपालिकामा कर सचेतना कार्यक्रम समेत गरिएको अधिकृत घिमिरेले बताउनुभयो ।
कार्यक्रमका अवसरमा गत आर्थिक वर्ष विभागले दिएको करिव ३९ करोड कर संकलनको लक्ष पुरा गरेको र चालु आर्थिक वर्षमा भएको ४२ करोडको लक्ष पुरा गर्न पनि आफुहरु लागिपरेको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
कर अधिकृत घिमिरेको अध्यक्षता एबं जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापाको विशेष आतिथ्यतामा शुक्रवार सम्पन्न करदाता सम्मान कार्यक्रमका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगर नेपाल पत्रकार महासंघ रामेछापका वागमती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, बिशेष अतिथि प्रेम बहादुर थापा लगाएतले आ–आफ्नो मन्तब्य राख्दै करदाता सेवा कार्यालय मन्थलीले करदाताहरुलाई दिइरहेको सेवा,सुबिधा परिमार्जन सहित अन्य कामहरु समेत गर्न आबश्यक सुझावहरु दिनुभएको थियो ।
अधिकृत घिमिरेले सुझावहरुलाई मनन गदै सकभर सुझावअनुसारको काम गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उक्त दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम समापन भएको पनि जानकारी गराउनु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया