Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जुनार जोनबाट यस वर्ष वाइस करोड भन्दा बढिको जुनार विक्री हुने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ मंसिर २०८१, आईतवार
in कारोबार, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter
    

मन्थली,९ मंसिर । रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका विभिन्न वडाहरुमा लागु भएको जुनार जोन बाट यस बर्ष २२ करोड ७५ हजार रुपैया वरावरको जुनार विक्रि हुने भएको छ ।
जुनारका लागि यस वर्ष उपर्युक्त हावापानी भएका कारण र किसानहरुले नियमित प्रविधिकहरुको परामर्शमा औषधी उपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन बढेसँगै विक्रि पनि बढ्ने भएको हो ।


१५ रोपनी क्षेत्रफलमा आफुले गरेको ब्यवसायिक जुनार खेती राम्रो भएकोले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढि उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक हिमाल तामाङले बताउनुभयो । अघिल्लो वर्ष साढे दुई लाख को जुनार विक्री गरेको भएपनि यस वर्ष भने तीन लाख ५० हजार बरावरको जुनार विक्री गर्ने योजना आफ्नो रहेको पनि उहाँले बताउनुभयो ।


ओख्रीनीकै दिल माया तामाङले पनि आफुले ७ रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढि उत्पादन भएको बताउनुहुन्छ । उहाले भन्नुभयो– हामी महिलाहरु यस अघि घरको (दाउरा घास र भान्साको) मात्र काम गथ्र्यौ त्यस वेला खासै केही वाट आम्दानी हुदैनथ्यो तर अहिले जुनारको खेती गर्न थालेपछि मेहनत अनुसारको फल पाइएको छ ।”

आफुले उत्पादन गरेको जुनारको वारेमा जानकारी दिदैै ओख्रेनीकी जुनार कृषक दिलमाया तामाङ साथमा उहाकै श्रीमान टेक बहादुर तामाङ ।

जुनारको बगैचा भित्र भटमास, तोरी,लसुन प्याज, काउली, जस्ता कोसेवाली र तरकारी वाली लगाएर रामेछाप हाटमा लगेर पनि विक्रि गर्न पाइन्छ । तरकारी र जुनार दुवैतिरवाट दोहोरो आम्दानी लिन सकिने भएकाले विगत १÷२ बर्ष देखि यसबाट राम्रै आम्दानी हुने गरको तामाङले बताउनुभयो ।


बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका आफ्ना श्रीमानलाई गाँउमै बोलाएर केही वर्ष देखि श्रीमान श्रीमती दुबैजना खटन थालेपछि बिगतको तुलनामा ३० प्रतिशत भन्दा बढि नै उत्पादन भएकोले गत वर्ष ७० हजार रुपैया मात्रको जुनार वेचेको भएपनि यस वर्ष १ लाख सम्म को जुनार विक्रि गर्ने योजना रहेकोे पनि तामाङले बताउनुभयो ।


सुकाजोरका जुनार कृषक रामकुमार कार्की, ओखेनीकै युगराज पाख्रिन, डेग राज तामाङ, शेर बहादुर तामाङ लगाएतका कृषकहरुको बगैचामा रहेको जुनार को उत्पादन पनि बढेको छ ।
जिल्लाको रामेछाप नगरापलिकामा बढि जुनार उत्पादन हुने क्षेत्र वडा नं १,२,४,५,६,७,८ गोठगाँउ हिमगंगा,रापमुर सुकाजोर,ओख्रेनी,रामेछाप मा जुनार उत्पादन बढि नै भएको रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले बताउनुभयो ।

आफ्नो बगैचामा जुनारको रेखदेख गर्दै रामेछाप न पा– ६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङ

मन्थली नगरपालिकाको जुनार जोन लागु भएका वडाहरु क्रमश ४,५,६,९,१३, र १४ मा पनि गत बर्षको तुलनमा जुनारको उत्पादन बढेको वडा नं १३ का कृषक ओमकार अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका कुल १३ वटा वडाहरुमा जुनार जोनका रुपमा विभिन्न कार्यक्रमहरु गरी रहेको परियोजनाका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।


परियोजनाले विभिन्न किसिमका अनुदान, प्राविधिक सहयोग,किटनासक औषधि र भिटामिन, यन्त्रीकरण जस्ता सामग्रीहरु समेत जुनार कृषकहरुलाई बितरण गर्ने गरेको छ ।
रामेछापको मन्थली र रामेछाप नगरपालिका क्षेत्र भित्र लागु भएको जुनार जोन क्षेत्रमा गत बर्ष कुल ५२० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफुहरु उत्पादन भैरहेको मध्ये जुनार ४२२.५ , सुन्तला ७८ र कागती २०.८ हेक्टरमा खेती गरिदा कुल ४ हजार ३ सय असी मेट्रिक टन सुन्तला जातका फलफुलहरु ्उत्पादन भई १९ करोड, ९३ लाख ९५ हजार रकम बरावरको विक्रि भएको परियोजनाकी नायब प्राविधिक सहयाक भवानी बस्नेतले बताउनुभयो ।


उहाँका अनुसार– “यस बर्ष ४३७ हेक्टर मा जुनार, ८१ हेक्टरमा सुन्तला २२ हेक्टरमा कागति खेती भई ४ हजार ४ सय एक मेट्रिक टन उत्पादन हँदा २२ करोड ७५ हजार वरावरको विक्रि हुने अपेक्षा गरिएको भएपनि सबै जुनार विक्रि नभई केही जुनार कोशेलीका रुपमा विभिन्न स्थानमा रहेका आफन्तहरुलाई पनि कृषकहरुले पठाउने भएकाले एकिन डाटा भने जुनार विक्रि भैसकेपछि आउने छ । ” जुनार उत्पादन बढेपछि यहाँका कृषकहरु हर्षित छन् । उनीहरुले बगैचा बाट नै जुनारको दानाको साइज अनुसार ६० देखि ७५ रुपैया सम्म प्रति केजि बिक्री गर्ने गरेका छन् ।

Share41Tweet26Share7

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ मंसिर २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ मंसिर २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ मंसिर २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ मंसिर २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ मंसिर २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ मंसिर २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero