मन्थली,२० पुष । शिक्षक वचत तथा ऋण सहकारी संस्थाको तेहैं साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ ।
लक्ष्मण कुमार घिमिरेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले गर्नु भएको थियो ।
साधारण सभाले कोषाध्यक्ष रामकुमार सुवेदीको आर्थिक प्रतिवेदन र सचिब कमला कुमारी थापा को सांगठनिक प्रतिबेदन पास गरेको छ ।
आर्थिक प्रतिबेदन प्रस्तुत गदै कोषाध्यक्ष सुबेदीले ३८८ जना शेयर सदस्यहरुबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैया निक्षेप र १७ लाख ४१ हजार शेयर पुँजी बाट ९६ हजार ५ सय २३ रुपैया नाफाकमाउन सफल भएको बताउनुभयो ।
कार्यक्रमका अबसरमा मन्थली माविका प्र.अ टंक प्रसाद दाहाल, मन्थली क्याम्पस का प्रमुख भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछपका अध्यक्ष दिपक घिमिरे,निवर्तमान अध्यक्ष बद्रि नयाँघरे,लगाएतले अा अाफ्नाे मन्तब्य राख्नुभएकाे थियो । कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि ढुंगेलले जिल्लामा केही सहकारीहरु खराव सूचिमा परिसकेकाले सहकारी संञ्चालनमा संञ्चालकहरुने निक्कै ध्यान दिनुपर्ने अबस्था आएको बताउनुभयो ।
उहाले सहकारी प्राधिकरण बन्ने तयारी भैरहेको अबस्थामा अब एक सदस्य एक सहकारी अनिवार्य लागु हुने पनि बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया