
मन्थली,७ चैत । आज देखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एस.इ.इ) मा रामेछाप बाट २ हजार ७ सय ४ जना विद्यार्थीहरु सहभागि हुँदै छन् ।
जिल्लामा रहेका कुल १९ वटा केन्द्र बाट ति विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।
तीन वटा संस्थागत विद्यालय सहित ९१ वटा माध्यामिक विद्यालय रहेको यस जिल्लाको एस इ इ परीक्षा ब्यवस्थित र मर्यादित हुने शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले दावी गर्नु गर्नु भयो ।
उहाले विद्यार्थीहरुको संख्याका आधरमा गतवर्षकाे तुलनामा ५ वटा परीक्षा केन्द्र घटेको पनि बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया