मन्थली, २० कात्तिक । रामेछाप उद्योग वाणिज्य संघ द्वारा दुर्घटना बिमा गरिएका आफ्ना दुई जना सदस्यहरुलाई दुर्घटना बिमा बापतको रकम एक कार्यक्रमका वीच विहीवार हस्तान्तरण गरिएको छ ।
दुर्घटनामा परी उपचार गराईरहनु भएका संघका सदस्यहरु क्रमश उमाकुण्ड गाउँपालिका वडा नं–२ बाम्तिण्डारका साङ्गे लामा शेर्पा र मन्थली नगरपालिका वडा नं –१ का राजन बहादुर बुढाथोकीलाई क्रमशः ९७ हजार ७ सय बीस रुपैया र ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
संघका अध्यक्ष नविन थापामगरको अध्यक्षता एबं प्रमुख जिल्ल्ला अधिकारी श्याम कृष्ण थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रजिअ थापाले दुवैजनालाई छुट्टा छु्ट्टै चेक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रका अवसरमा बोल्दै उहाले संघले गरेको यो कामका प्रशंसा समेत गर्नु भयो । बिमाको रकम प्राप्तिका लागि कोही कसैले अपराधिक कृयाकलाप तथा नकरात्मक काम समेत गर्न सक्ने भएकोले त्यस तर्फ सजग रहन आग्रह समेत गर्नुभयो ।

यस अघि शेर्पा रुखबाट लडेर तथा बुढाथोकी मोटरसाइल दुर्घटनामा परि घाइते हुनुभएको थियो ।
रामेछाप उद्योग बाणिज्य संघ ले आफ्ना १ हजार तीन सय ७४ जना सदस्यहरुको प्रति सदस्य १ लाख बरावरको दुर्घटना बिमा आइ जि आई प्रोडेन्सियल विमा कम्पनी सँगको सहकार्यमा गरिदिएको संघका कार्यकारी अधिकृत नविन घिमिरेले बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया