मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक वृद्ध मृत अवस्थामा भेटिनु भएको छ । अन्दाजी ६५ बर्षका बिक बहादुर सार्की सोमबार मध्यान्नको समयमा आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको र उहाँको शरीरमा रगत समेत लतपत्तिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सार्की आफ्नै घरमा मृत रहेको भन्ने खबर सोमबार मध्यान्न आए पनि कार्की आइतबार रातीनै मृत्यु भएको देखिन्छ ।
मृतक सार्कीको टाउकोमा चोट भएकाले उहाँको हत्या भएको हुन सक्ने प्रहरीको दाबी रहेको छ । अनुसन्धानको लागि घटनास्थल नजिकका दुई जनालाई नियान्त्रणमा लिएको पनि प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया