Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली–१० का वडाध्यक्ष बोहरालाई लाग्यो स्थानीय कुटेको आरोप, वडाध्यक्ष भन्छन् : उल्टै मुख लोपारे

नेपाल अभियान नेपाल अभियान
१२ पुष २०७६, शनिबार
in समाचार, स्थानीय सरकार
0
641
SHARES
Share on FacebookShare on Twitter

रामेछाप-रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का स्थानीय देवि बहादुर बोहराले आफूलाई वडाध्यक्ष भरत बहादुर बोहराले कुटेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ पख वडा अध्याक्षले आफ्नै घरमा बोलाएर घटेको घटना सुनाउँदै पीडित बोहराले भने– ‘किन बोलाएको रहेछ भनेर आफू अध्यक्षको घरमा गएँ । वडाध्यक्षको घरमा पुगेपछि आफ्नो खेतबाट अस्थाई सडक बनाई माटो जथभावी फालेर सडक निर्माणको लागि ढुङ्गा ओसार्ने काम भएको र त्यहाँ फालिएको माटो पन्छाउन अनुरोध गरे । आफ्नो अनुरोधलाई अस्वीकार गरेपछि भोलिपल्ट देखि ढुङ्गा ओसर्न नदिने भन्दा एक्कासी पछाडीबाट आफूलाई आक्रमण गरेर नजिकै रोकेर राखेको टिफरतिर हुत्याए । त्यसपछि वडाध्यक्ष भरत बहादुर बोहरा र वडाध्यक्षका भतिज विमल बोहराले आएर कुट्दै म¥यो भनेर टिफर मुनी फालेर हिडे त्यसपछि मैले केही थाहा पाइन ।’
वडाध्यक्षले कुटेका भनिएका देवि बहादुर बोहरालाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाण्डौ लगिएको पीडितका आफन्ता दुर्गा बोहराले बताए ।

मरे पनि लास उठाउनुहुँदैन भन्दै हिड्यो वडाध्यक्षको समूह :श्रीमती

त्यस्तै पीडित बोहराका श्रीमती गीता बोहराले आफ्नो श्रीमान र वडाध्यक्षबीच भनाभन पर्दा झगडा नगर्नु भन्दा–भन्दै पनि वडाध्यक्षले पछाडीबाट एक थप्पर हानेर लडाएपछि भतिज पर्ने विमल बोहराले लात्तैलात्तले हिर्काएको बताएईन । प्रत्यक्षदर्शी समेत रहेकी पीडितकी श्रीमतीले आफ्नो श्रीमानलाई हिर्काएर टिफर मुनी फालेर यो मरेपनि यसको लास उठाउँनुहुँदैन भन्दै वडाध्यक्ष सहितको समूह पल्लो डाँडोमा गएर बसेको पनि बताईन् । त्यसपछि आफ्नो श्रीमानलाई अरु स्थानीयको साहयतामा उपचारको लागि अस्पताल सम्म ल्याएर उपचार भइरहेको उनले बताईन् ।

मैले कुटेको छैन, उल्टै मेरो मुख लोपारेर हिडेका हुन् : वडाध्यक्ष बोहरा

देवि बहादुर बोहरालाई कुटेको आरोप लागेका वडा नम्बर १० का वडाध्यक्ष भरत बहादुर बोहराले आफूले कसैलाई पनि नकुटेको दाबी गरेका छन् । पीडित भनिएका देविबहादुर बोहरा मापासे गरेको अवस्थामा आएर जग्गाको विषयमा विभिन्न कुरा गरेको र त्यस्तो कुरा नगर्नु भनेर आफूले भन्दा उल्टै आफ्नो मुख लोपरेर हिडेको बताए । त्यस पछि आफ्नो टाउकोमा भएको चस्मा पनि फुटाइदिएको वडाध्यक्ष बोहराको भनाई रहेको छ । त्यसपछि मापसे गरेको मान्छे भएकाले भतिज नाता पर्ने विमल बोहराले उनको घरतर्फ लगिदिएको पनि वडाध्यक्ष बोहराले बताए । बोहरा तत्कालिन नेकपा माओबादीबाट निर्वाचिनत वडाध्यक्ष हुन् ।

घटनाको बारेमा बुझ्दै छौँ : प्रहरी प्रमुख भट्टराई

शुक्रबार भएको घटनाको बारेमा रामेछापका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले जग्गाको विषयमा पारिवारिक झगडा भएको सम्म आफूले जानकारी पाएको बताए । त्यस विषयमा दुबै पक्षलाई बोलाएर छलफल गराउने तयारी भइरहेको प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईले बताए ।

वडाध्यक्षको दादागिरीले हिडडुल समेत गर्न गाह्रो भो : स्थानीय

मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भरत बहादुर बोहराले बेला–बेलामा गाउँमै हिडडुल समेत गर्न नसक्ने गरी थर्काउने र सार्वजनिक ठाउँमै कुट्ने गरेको अर्का दुई पीडितले अरोप लगाएका छन् । वडा नम्बर १० कै स्थानीय मोहन बहादुर बोहराले वडाध्यक्षले पैसा लेनदेनको विषयलाई लिएर सार्वजनिक ठाउँमै आफूलाई कुटेको आरोप लगाएका छन् । केही वर्ष अगाडी गाडी खरिदको लागि भन्दै आफूसँग लगेको दुई लाख रुपैयाँ माग्न जाँदा उल्टै तँसँग मैले पैसा लगेको के प्रमाण छ भन्दै केही महिना अगाडी अहिले कुटाई खाने देविबहादुर बोहराकै अगाडी कुटेको बताए । उनले भने –‘यदि देवि बहादुर बोहरा लगायत अरु व्यक्तिहरुले नछुट्याएको भए आफूलाई त्यतिबेला नै मार्ने थियो, धन्न बाँचे ।’

त्यस्तै अर्का स्थानीय उज्वल थापाले वडामा आएका समग्र योजनालाई एकल निर्णय गर्दै लगेको भन्ने प्रश्न गर्दा तँ को होस भन्दै आफूले गल्ती नगरेको कुरालाई वडा कार्यालय तोडफोड गरेको आरोप लगाएर झुट्टा मुद्दामा आफूलाई २१ दिन थुनामा राखेको बताए । पीडित थापाले वडाध्यक्ष बोहराले गाउँका स्थानीयले वडा कार्यालयबाट हुने कामको बारेमा जान्न खोज्दा विभिन्न झुट्टा मुद्दा लगाएर फसाउने गरेको समेत आरोप लगाएका छन् ।

Share463Tweet74Share21

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१२ पुष २०७६, शनिबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१२ पुष २०७६, शनिबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१२ पुष २०७६, शनिबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१२ पुष २०७६, शनिबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१२ पुष २०७६, शनिबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

१२ पुष २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.