Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्डमा प्रहरीको आडमा हाइड्रोको दादागिरी, प्रहरीले हातपात गरेको आरोप (भिडियो)

बद्री नयाँघरे बद्री नयाँघरे
२८ फाल्गुन २०७६, बुधबार
in समाचार, समाज
0
2.3k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकामा दुगड ग्रुपका सहायक कम्पनीहरुको दादागिरीले स्थानीय त्रसित भएका छन् । हाइड्रो पावर संचालनमा आउनु पूर्व स्थानीयसँग हाइड्रपावरले विभिन्न काम गर्छु भनेर गरेका सर्तहरु कार्यान्वयन गराउन गरिएको शान्तीपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गर्दा केही स्थानीय घाइते भएपछि उनिहरु थप त्रसित बनेका हुन् ।

बुधबार उमाकुण्ड–१ गुम्देलमा निर्माणाधिन पान हिमालय इनर्जी प्रालिबाट प्रभावित भएका स्थानीयहरुले हाइड्रोपावरले गरेका पूर्व सर्त अनुसारका काम सडक बनाउने, गुम्बा बनाउने, चौतारो बनाउने, पुल बनाउने , स्थानीयको जग्गा प्रयोग गरे बापतको उचित मुल्य दिनु पर्ने लगायतका माग राखेर गरिएको शान्तीपूर्ण र्‍यालीलाई हाइड्रोपावरको निर्देशनमा प्रहरीले स्थानीयलाई मार्ने उद्देश्यले गोली चलाएको स्थानीयले आरोप लगाएका छन् ।

बुधबार भएको घटनामा संलग्न रहेका उमकुण्ड १ गुम्देलका साम्देन शेर्पाले भन्नुभयो– ‘ हामीले यस अघि हाइड्रोले गर्छु भनेका काम गर्न अनुरोध गर्दा पूर्ण रुपमा बेवास्ता गरेपछि हाइड्रोको कामका लागि प्रयोग गरेको हाम्रो जग्गामा आफ्ना मागहरु पुरा नभए सम्म काम गर्न नदिने भनेर शान्तिपूर्ण र्‍याली गरीरहेका थियौँ । हाइड्रोपावरले नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरुमै त्यसपछी दुइ गाडी नेपाली सेना ल्याएर हामी माथी ज्यादती मच्यायो । हामीले हाम्रा मागको सूचीसहित आन्दोलनमा थियौँ त्यतिकैमा प्रहरीहरु आएर हामी माथी हातपात गरे, पुरुष प्रहरीले महिलामाथी हातपात गरेर दुव्र्यवहार समेत गरे, एक जना महिलालाई बन्दुकको फेदले हिर्काएर चोट समेत लाग्यो ।’ उहाँले थप्नुभयो–‘ त्यति मात्र हैन स्थानीय होटलमा हाइड्रोका कर्मचारीले उधारोमा खाना खाएर भाग्ने गरेको, त्यस विषयमा हाइड्रोपावरसँग कुरा गर्दा पुलिस प्रशासन लगाएर तिमिहरुलाई ठिक पर्छु भन्दै धम्क्याउने गरेको छ । हामीलाई विकासको नाउँमा तर्साएर यहाँबाट भगाउँने खेल खेलीरहेको छ ।

त्यस्तै प्रहरीले स्थानीयमाथी हातपात गर्दा स्थानीय ग्युर्मे शेर्पा, आङभाई शेर्पा, कान्छिमा शेर्पा, दाली शेर्पा, फ्युग्याल्जे शेर्पा, पेमाकुङा शेपा, पेम्बा शेर्पा लगायत गरी १२ जना घाईते साम्देन शेर्पाले बताउनुभयो । त्यस्तै प्रहरीले स्थानीय माथि दुई राउण्ड अस्रुग्या प्रहार गर्नुको साथै गोली समेत चलाएको शेर्पाको दावी रहेको छ ।

यस अघि हाइड्रोपावरको कर्मचारीले स्थानीय होटालमा उधारोमा खाना खाएर पैसा नतिरि हिडेपछि होटलवलाले हाइड्रोसँग पैसा माग्दा नदिएको भन्दै स्थानीयले हाइड्रोपावरको मेसमा तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको विषयमा पनि स्थानीको कुरै नसुनी प्रहरीले सोझा नागरिकलाई प्रक्राउ गरी लगेकाले तत्काल छोड्न माग समेत गरेका छन् ।

हामीले स्थानीय माथी कुनै दुव्र्यवहार गरेका छैनौ, तोडफोड गर्नेलाई नियान्त्रणमा लिइएको होः प्रहरी

यता जिल्ला प्रहरी कार्यालय रामेछापले स्थानीयले आरोप लगाए जस्तो प्रहरीले कुनै पनि दुव्र्यवहार नगरेको जिकिर गरेको छ । जिल्ला प्रहारी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख समेत रहनुभएका प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलले होटलमा खाना खाएर पैसा नतिरेको विषयलाई लिएर स्थानीयले हाइड्रोको संरचना तोडफोड गरेकाले पाँच जनालाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले रोक्न खोजेपछि सामान्य झडप भएको बताउँनुभयो । उहाँले भन्नुभयो– ‘हाइड्रोसँग स्थानीयको असहमतिलाई हामीले रोक्न खोजेका हैनौ, उहाँहरुले गल्ती गरेको कारण पाँच जनालाई नियन्त्रणमा लिएको छौँ, त्यो विषयमा अनुसन्धनपछि सबै जानकारी प्राप्त हुन्छ ।’ त्यस्तै स्थानीयले भने जस्तो घटना स्थलमा कुनै पनि समयमा अस्रुग्यास र गोली नचलेको उहाँले बताउनुभयो ।

हाइड्रोपावरले गाउँमा विकास हैन विपत्त ल्यायोः गाउँपालिका अध्यक्ष सुनुवार

उता हाइड्रोपावर प्रभावित क्षत्रका स्थानीय सरकारका प्रमुखले हाइड्रोपावरले गाउँमा विपत्त निम्त्याएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रामेछापमा विपत्त व्यवस्थापन समितिको बैठक बसी रहेको बेला गुम्देलमा घटेको घटनाको विषयमा कुरा गर्दै अध्यक्ष शेर बहादुर सुनुवारले स्थानीय सरकारको कुरा समेत नसुन्ने हाइड्रोपावरले स्थानीय नागरिकलाई पेलेरै काम अगाडि बढाइरहेकाले हाइड्रोपावरको पूर्ण ज्यादती रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोजना प्रभावित नागरिकको कुरा सुन्दा आँसु नै आउँछ, उहाँहरुको कुरै सुन्दैन, हामी स्थानीय सरकारसँग कुनै छलफल नगरीकन, संघीय सरकार, प्रदेश सरकार, सदरमुकामको सिडियो र डिएसपी बाहेक अरु कसैलाई पनि हाइड्रोपावरले चिन्दैन । त्यहाँको नागरिकलाई त पेलेरै अगाडि बढेको छ ।, हाईड्रोले हाइटेशन लाइन बिस्तारको विषयमा प्रितिमा एक व्यक्तिलाई हाइड्रोका प्रतिनिधिले यहाँबाट लाईन बिस्तार हुन्छ, यहाँ घर बनाउनु भएछ किन बनाउनुभएको भनेर प्रश्न गरेकै भरमा उनि बिरामी भएर उपचार गर्न लैजदा बाटोमा ज्यान समेत गएको छ । त्यसैले पनि हाइड्रोले विकासको नाममा विपत्त मच्चाइरहेको छ ।’

त्यस्तै हाइड्रोपावरले स्थानीयलाई पेलेर काम गरेकाले स्थानीयको सबै माग पुरा नगरे सम्म हाइड्रोको काम बन्द गराएर जनताको पक्षबाट आफूले आन्दोलनको अगुवाई गर्ने चेतावनी समेत अध्यक्ष सुनुवारले दिनुभयो ।

घटनाको विषयमा थप कुरा बुझ्न खोज्दा हाइड्रोपावरको प्रतिनिधिको फोन उठेन

घटनाको विषयमा केही कुरा प्रष्ट हुनको लागि हाइड्रोपावरका शेयर सदस्य समेत रहनुभएका राजन खत्रीलाई नेपाल अभियानले बुधबार बेलुका ९ः११, ९ः१३ र ९ः४६ मा फोन सम्पर्क गर्दा फोने लागेको तर नउठे पछि केही कुरा हुन सकेन । त्यस्तै हाइड्रोका अर्का प्रतिनिधि रोकट बहादुर बस्नेतलाई सम्पर्क गर्दा आफू उक्त घटना स्थलमा नभई प्रितिमा भएकाले केही कुरा पनि थाहा नभएको बताउनुभयो । त्यस्तै अर्का प्रतिनिधि भिमशेन बस्नेतलाई पनि ९ः५७ मा फोन गर्दा नउठेका कारण केही जानकारी पाउन सकेनौँ । त्यसैगरी हइड्रोका अर्का प्रतिनिधि इन्द्र प्रकाश कार्कीलाई ९ः५६ मा फोन गर्दा मोबाइल नम्बर अफ भएको पाइयो ।

रामेछाप र सोलुखुम्बुको बीच भाग भएर बग्ने लिखुखोलमा दुगड समूहका सहायक कम्पनी पान हिमालय इनर्र्जी प्रालिले ७७ मेगावाटको लिखु १,  ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालिले ५१ मेगावाटको लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले २९ मेगावाटको लिखु ए जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने गरी रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३ र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका केही वडाको भूभागमा काम गरीरहेका छन् । यि आयोजनाबाट प्रभावित भएका नागरिक र हाइड्रोपावर बीच पटक–पटक विभिन्न बुँदमा सहमति भए पनि कुनै पनि सहमति कार्यान्वयन नभएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

Share1585Tweet303Share85

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२८ फाल्गुन २०७६, बुधबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२८ फाल्गुन २०७६, बुधबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२८ फाल्गुन २०७६, बुधबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२८ फाल्गुन २०७६, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२८ फाल्गुन २०७६, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२८ फाल्गुन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.