रामेछाप- मंगलबार कोरोना पोजेटिभ देखिएका रामेछापका एक व्यक्ति जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । निज व्यक्ति बैशाख ३० गते नै कठमाठौं गएको पनि प्रजिअ शर्माले बताउनुभयो । कोरोना पोजिटभ देखिएको व्यक्तिको ठेगाना पहिचान हुने बित्तिक्कै मंगलबार रातीनै चिकित्सकहरुको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि टेकु पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । काठमाण्डौको एक होटलमा काम गर्ने निज व्यक्ती लकडाउन हुने वित्तक्कै गाउँ आएको भेटिएको पनि प्रमुख कर्णले बताउनुभयो । अहिले विरामीले टेकु अस्पतालमा उपचार गराइरहेको समेत उहाँले बताउनुभयो ।
कोरोना पोजेटिभ देखिएका व्यक्तिको घरआसपासको क्षेत्रलाई प्रहरीले कडा सुरक्षका साथ स्थानीयको निगरानी गरीरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
मंगलबार स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा रामेछापका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएपनि निज व्यक्तिको ठेगाना प्रष्ट परेको थिएन ।
यो बारेमा तपाईको प्रतिकृया