रामेछाप । रामेछाप जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । आइतबार रामेछापका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको हो ।
आइतबार संक्रमित पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाका एक जना ६१ बर्षिया वडा अध्यक्ष,४२ बर्षिय महिला कर्मचारी र मन्थली नगरपालिका वडा नं ४ का २३ बर्षिय पुरुष रहेका छन् ।
वडा अध्यक्ष र रामेछाप नगरपालिकाकी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका पाच दिनका लागि बन्द गरिएको छ ।
आइतबार नगरपालिकाले कार्यलय बन्द रहरहने सूचना जारी गर्दै यस नगरपालिका का १ जना जनप्रतिनिधि र १ जना कर्मचारीमा कोराना संक्रमण पुष्ट भएकोले यहि असोज १९ गते सोमबार देखि २३ गते शुक्रबार सम्म नगर कार्यपालिकाको कार्यालय र वडा नं ६ को वडा कार्यालय बन्द रहने जानकारी गराएको हो ।
जिल्लामा संक्रमित संख्या मध्ये ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेको जिल्ला स्वस्थ्य कार्यालय रामेछापले जनाएको छ ।
संक्रमितहरु मध्ये जिल्ला अस्पतालमा एकजना,मन्थली प्राथामिक स्वास्थ्य केन्द्रमा एकजना, रामेछाप नगरपालिकामा चार जना,उमाकुण्ड गाउपालिकामा दुईजना लिखुतामाकोशी गाउपालिकामा तीजना र गोकुलगंगा गाउपालकामा आठ जना गरी कुल २० जना संक्रमितहरुको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि पठाइएका मध्ये २५ जनाको प्रतिबेदन अझै प्राप्त हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ ।
यो बारेमा तपाईको प्रतिकृया