रामेछाप । रामेछाप जिल्लको लिखु तामाकोसी गाउँपालिका वडा नंः–२ का वडाध्यक्ष पदमबहादुर तामाङले बिजुलीको मिटर बक्स खरिद मा आफूमाथि लागेको बिभिन्न आरोपको खण्डन गर्नु भएको छ ।
उहाले सोमबार प्रेस बिज्ञप्ती मार्फत उक्त कुरोको खण्डन गर्नु भएको हो । वडा कार्यालय मार्फत आज एक विज्ञप्ती सार्वजनिक गर्दै सैपुमा भएको विद्युतीकरणमा उपभोक्तासँग अनाधिकृत रुपमा रकम असुलेको भन्ने किसिमको सामाचार बिभिन्न सञ्चार माध्यममा र सामाजिक सञ्जालहरुमा आएको प्रति खण्डन गर्दै उक्त आरोप निराधार भएको कुरा ब्यक्त गरिएको छ ।
सैपुमा भैरहेको विद्युतीकरणको सन्दर्भमा सत्यतथ्य नभई भ्रामक र कपोकल्पीत समाचार ब्यक्तिगत चरित्र हत्या गर्ने गरी प्रकाशन र प्रशारण गरिएको उहाले बताउनुभयो ।
उहाले बिज्ञप्तीमा विद्युतीकरणको क्रममा प्रति घरधुरी २ हजार ७ सय रुपैयाँ असुल गरी ५ सय २३ रुपैयाँ प्रति घरधुरी बराबरको रकम भ्रष्टाचार गर्न खोजिएको भन्ने समाचार प्रकाशन प्रशारण गर्ने मिडियाकर्मीहरुलाई गत आर्थिक वर्षमा यसै वडा भित्र मिटर जडान गर्ने व्यक्तिले आफूखुशी रकम असुल गरेको विषयमा समेत खोजी गरिदिन आग्रह गरिएको छ ।
उहाले आफू र आफ्नो वडा कार्यालयका विषयमा उठेका हरेक सबालको जिम्मेवारपूर्वक जवाफ दिनका लागि आफु सदैब तयार रहेको बताउँदै मिडियाहरुले जेसुकै कुरा उल्लेख गरेको भएपनि लिखु तामाकोसी गाउँपालिकामा हाल २ सय ७८ वटा विगत २ वर्ष देखि फाइलिङ नमिलेको भन्दै फाइल रोकी मिटर जडान नगरिएको ठाउँको २७ वटा समेत गरी जम्मा ५ सय ५ वटा मिटर प्राधिकरणले उपलब्ध गराएको समेत द विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।
बिज्ञप्तीमा आफ्नो बारेमा गलत समाचार आएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा विद्युतीकरणको सवालमा बढी लिएको पैसा फिर्ता गर्छु भन्ने कागज गरिएको भन्ने हल्ला समेत सत्य नरहेको कुरा पनि उल्लेख गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया