रामेछाप । कोशिस कृषि सहकारी संस्थाले संस्थामा आबद्ध अपाङ्गता भएका शेयर सदस्यहरुका लागि दशै लक्षित राहत प्याकेज उपलब्ध गराएको छ ।
संस्थाले कोरोना संक्रमणका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई दशैको बेलामा केहि मात्रामा भएपनि राहतको अनुभुति होस भन्नका लागि सोमबार बाट राहत बितरणसुरु गरेको हो ।
कोशिसले आफ्नो कार्यक्षेत्र भित्र रहेका साविकको मन्थली,खिम्ति,भटौली तिल्पुङ् गाविस सम्म राहतको कार्यक्रम लैजानको लागि आरम्भमा मन्थली बाट राहत वितरणको काम शुरु गरेको संस्थाकी सचिब कबिता श्रेष्ठले जानकारी दिनुभयो ।
लेप्रोसि मिसन नेपालको आर्थिक सहयोगमा बितरण गरिएको उक्त राहत वितरणको आरम्भ जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेलले गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष ढुंगेलले अहिलेको परिस्थितिमा कोशिसले शुरु गरेको राहत वितरणको काम उसका शेयर सदस्यहरुका लागि बरदान सावित हुने बताउनु भयो ।
संस्थाका अध्यक्ष मोहन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहालले जिल्लामा सहकारीहरुको क्षेत्रमा राहत बितरणको काम गर्ने पहिलो सहकारी कोशिस भएको बताउनुभयो ।
मन्थली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोबिन्द कट्टेलले सहकारीको यस्तो सामाजिक कार्य उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कृयाकलापहरु सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले कोभिड–१९ को सक्रमणको बेला कोशिस नेपालको कोशिस असाध्यै राम्रो भएको भन्दै यस बर्षको दशै सबैले आफ्ना आफन्तकोमा नगई घर मै बसेर मनाउन आग्रह गर्नुभयो ।
सहकारीले आफना अपाङ्ग शेयर सदस्याहरुका लागि १ बोरा चामल,२ लिटर खाने तेल र १ पाकेट धुलो नुन र २ केजी दाल वितरण गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया