रामेछाप मंङ्सिर २४ । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल मानव अधिकार संगठन रामेछाप, एमनेष्टि इन्टरनेशनल नेपाल समुह–१९, रामेछाप र रासम रामेछापको संयुक्त अयोजनामा मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो ।
“कुशल ÷स्वास्थ्य बनौं मानव अधिकारका लागि उठौं” “कोरोना बाट मुक्ति “शान्ति, सामाजिक सद्भाव र राजनितिक स्थिरताको कामना” भन्ने मूल नाराका साथ जिल्लाका अन्य पालिकाहरुमा पनि उक्त दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।
मंसिर १० गते देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म अभियानको रुपमा देशभर मनाईदै आएको लैङ्गिक हिंसा विरुद्को १६ दिने अभियान अन्तर्गत पर्ने यस दिवस लगाएत अन्य दिवसहरुलाई बिगतका बर्षदेखिनै बिबिध कार्यक्रम गरी मनाईदै आइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया