Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सडक मानव खोज्दै मावनसेवा आश्रमका पदाधिकारीहरू मन्थलीमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० माघ २०७७, शनिबार
in समाचार, समाज
0
152
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १० माघ । बाध्यात्मक रुपमा सडकमा दैनिक रात कटाउने मानवहरूको खोजिमा मानव सेवा आश्रमका पदाधिकारी र सहयोगीहरू रामेछापको मन्थली आइपुगेका छन् ।
सहयोगापेक्षी (वेसहारा, अशक्त, असहाय,अनाथ,अभिभाबक विहीन) सडक आश्रित मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत यहि पुष ७ काठमाण्डौ वाट निस्केको टोली शनिवार साँझ मन्थली आइपुगेको हो ।
मन्थली आइपुगे सँगै टोलीले प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाँईको नेतृत्वमा मन्थली वजारमा सडक मानवको खोजि कार्य गरेको थियो ।

मन्थलीको देवकोटा चोकबाट खोजि कार्य सुरू गरेको टोली वसपार्क हुँदै टाफिक बिट हाटेचउर सम्म पुगेको थियो । सडक मानव खोज्ने क्रममा सन्डु (राजन) नाम वताउने अन्दाजी २८ बर्षिय १ जना पुरुष फेला परेका छन् ।
मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाको नेतृत्वमा मेचि–महाकाली यात्रामा निस्केको टोलीमा २५ जना सहयोगीहरू रहेका छन् ।
खोजी कार्य सुरू गर्नु अगावै भएको परिचयात्मक कार्यक्रमका अवसरमा वोल्दै कोषाध्यक्ष तिमिल्सिनाले जथाभावी फोहोर फाल्ने लाई कार्वाहि हुने, कानून विपरित काम गर्नेलाई कार्वाहि हुने तर आफ्ना बुवा,आमा वा घरका परिवारलाई सडकमा छोड्दा वा खान लाउन नदिएर घरवाट वाहिर निकालिदिदा कसैको ध्यान नपुग्ने वर्तमान अबस्थालाई सुधार गरी त्यस्तालाई पनि कानुनि कार्वाहि गराउने लक्ष आफ्नो रहेको बताउनु भयो ।
सो अवसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले टोलीको स्वागत गर्दै आश्रमले गरेका सबै खालका कार्यहरु आफुलाई आसध्यै मन परेको वताउनु भयो । उहाले आफू जिल्लामा अएदेखि त्यस्ता खालका मानिसहरु भएको जानकारी नभएको भन्दै खोजी कार्यका लागि आफुपनि लागिपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी वल रामेछापका प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेलले मानवीय सेवामा समर्पित यो पवित्र संस्थाका साथीहरूलाई वोलाएर ल्याउनुपर्नेमा आफै आइदिनु भएको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाले राम्रो र रचनात्मक कामका लागि आफु सधै सकरात्मक रहेको र जिल्लामा सडक मानव नदेखेको बताउनुभयो । सो अवसरमा वेसहारा, अभिभाबक विहिन, सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने प्रतिवद्धता यस संस्थाका रहेको र २०७८ साल सम्म शारिरीक तथा मानसिक रुपमा अस्व्स्थ भइ खुल्ला आकासमुनी रात विताउन विवस घरवार विहिन वेसहारा परित्यक्क्त, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मावनहरु रहित राष्ट्र निर्माण गर्ने यस संस्थाको उद्देश्य भएकोले सो उद्देश्य प्राप्तिका लागि आफुहरू यहा सम्म आइपुगको टोलीका सहयोगी अभिभाबक ओमकार कँडेलले वताउनु भयो ।

यात्रा मार्फत आइपुगेको टोली, जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सञ्चारकर्मी र स्थानीयवासी समेतको उपस्थितिमा मानवसेवा सम्वन्धी सामुहिक प्रार्थना गरेर सडक मावनको खोजी कार्यसुरू गरिएको थियो ।
संस्थाले हाल सम्म ६ सय ३० जना सडक मानवको उद्दार गरेको र यो मेचि–महाकाली यात्राको समापन माघ १६ गते काठमाण्डौमा सम्माननिय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा गर्ने कार्यक्रम रहेको पनि कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

Share61Tweet38Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० माघ २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० माघ २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० माघ २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० माघ २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० माघ २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero