Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार धम्क्याउने शिक्षक प्रति महासंघ र प्रेस युनियनको आपत्ति

नेपाल अभियान नेपाल अभियान
१ असार २०७८, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
232
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१ असार । नेपाल पत्रकार महांसंघ बागमती प्रदेशका प्रदेश सदस्य तथा अन्नपुर्णटाइम्स डट.कम अनलाइनका सह–सम्पादक ज्ञानु श्रेष्ठलाइै रामेछाप नगरपालिका–६ स्थित जनकल्याण मा.बिका शिक्षक ख्यान बहादुर श्रेष्ठले गाली गलौज गर्नुका साथै पत्रकारहरुलाई सडकमा नै कुट पिट गर्ने धम्की दिएको भन्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । शिक्षक श्रेष्ठले पत्रकार श्रेष्ठ माथि अपशब्द प्रयोग गर्दै गाली गलौज गर्नुका साथै पत्रकारहरुलाई सडकमानै कुट पिट गर्ने सम्मको धम्कि दिएको घटना प्रति नेपाल पत्रकार महासंघले प्रेस बिज्ञप्ती मार्फत आपति जनाएको छ । महांसंघले मंगलवार विग्यप्ति मार्फत उक्त घटना प्रती आपति जनाएको हो ।
नेपालको प्रेस स्वतन्त्रता र नागरिकले सु–सुचित हुन पाउने हकको सुनिश्चितताको लागि पत्रकारहरुले समाजका विभिन्न विषयमा कलम चलाउदा निन्दा व्यहोर्न पर्ने, गालीगलौज र कुटपिट सम्मको धम्की खानु निन्दनिय विषय हो विज्ञप्तीमा भनिएको छ । पत्रकारहरुले वनाएका कुनैपनि समाचार चित्त नवुझेमा कानुनी बाटो अवलम्बलन गर्नुको साटो व्यक्तिगत रुपमा तल्लो स्तरको गालीगलौज र कुटपिट गर्ने सम्मको धम्की दिनु, समग्र पत्रकार र पत्रकारीता पेशालाई नै अपमानित तथा अमर्यादित शव्दले लान्छाना लगाउनु र समाजको सर्बैसर्बा आफुनै हो भन्ने किशिमको व्यवहार जिम्मेवार शिक्षकबाट हुनुले स्वतन्त्र प्रेसको खिल्ली उडाउने काम भएको भन्दै पत्रकार महांसंघले बिज्ञप्ति मार्फत आपति जनाएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७८ जेष्ठ २५ र २६ गते ६२ देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरीकहरुका लागि लगाउने भनेको कोरोना खोप दुरुपयोग भएको विषयलाई लिएर च्यास्कु खोप केन्द्रबाट सरकारी मापदण्ड बिपरीत खोप लगाएको तस्बीर सामाजिक संजालमा आएको थियो । उक्त तस्बीर शिक्षक आफैले सामाजिक सञ्जालमा हालेको र सो तस्बीर सहित खोप दुरुपयोग भएको भन्ने समाचार बिभिन्न सञ्चार माध्यम बाट प्रकासित भएको थियो ।

नेपालको प्रेस स्वतन्त्रता र नागरिकले सु–सुचित हुन पाउने हकको सुनिश्चितताको लागि पत्रकारहरुले समाजका विभिन्न विषयमा कलम चलाउदा निन्दा व्यहोर्न पर्ने, गालीगलौज र कुटपिट सम्मको धम्की खानु निन्दनिय विषय हो । पत्रकारहरुले वनाएका कुनैपनि समाचार चित्त नवुझेमा कानुनी बाटो अवलम्बलन गर्नुको साटो व्यक्तिगत रुपमा तल्लो स्तरको गालीगलौज र कुटपिट गर्ने सम्मको धम्की दिनु, समग्र पत्रकार र पत्रकारीता पेशालाई नै अपमानित तथा अमर्यादित शव्दले लान्छाना लगाउनु र समाजको सर्बैसर्बा आफुनै हो भन्ने किशिमको व्यवहार जिम्मेवार शिक्षकबाट हुनुले स्वतन्त्र प्रेसको खिल्ली उडाउने काम भएको भन्दै पत्रकार महांसंघले त्यसको प्रेस बिज्ञप्ति मार्फत बिरोध समेत गरेको छ ।
यसै वीच पत्रकारलाई धम्की दिने शिक्षक ख्यान वहादुर श्रेष्ठ माथि उचित छानविन गरी कानुनी कारवाहिको लागि पीडित पत्रकार ज्ञानु श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यलय मार्फत जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी पत्र दर्ता गराउनु भएको छ । महाँसंघको टोली सहित प्रशासन कार्यालयमा उजुरी पत्र लिएर पुगेकी श्रेष्ठले पीडकलाई कानूनी कार्वाहिको लागि समेत माग गर्नु भएको छ । निवेदन बुझ्दै प्रजिअ गौलचन सैजुले निबेदनमाथि आबश्यक छलफल गरी कार्वाही प्रकृया अगाडि बढाईने जानकारी दिनु भयो ।

यसैबिच कोभीड– १९ विरुद्धको खोप दुरुपयोग भएको विषयलाई लिएर समाचार लेखेको भन्दै रामेछाप जिल्लाको रामेछाप नगरपालिका ६ स्थित जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले पत्रकार महासंघ बागमती प्रदेश समितिका सदस्य तथा अन्नपूर्ण टाइम्स अनलाईनका सह–सम्पादक ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयोग गर्दै पत्रकारहरुलाई सडकमा नै कुटपिट गर्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ले पनि एक बिज्ञप्ती जारी गररी आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिब कृष्ण सारु मगर द्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाचारमा चित्त नबुझेमा कानूनी उपचार खोज्ने ढोका खुल्ला हुँदाहुँदै गालीगलौज र कुटपिटसम्मको धम्की दिनु, समग्र पत्रकार र पत्रकारिता पेशालाई नै अपमानित र अमर्यादित शब्द प्रयोग गर्नु निन्दनीय विषय भएको बताइएको छ । बिज्ञप्तिमा पत्रकारलाई धम्की दिने शिक्षक श्रेष्ठलाई कानूनी कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको  साथै लक्षित वर्गको लागि प्राप्त खोपको दुरुपयोग गर्ने कार्यको छानविन गरी दोषिलाई कारबाही गर्न समेत माग गरिएको जनाइएको छ । 

यसै बिच उक्त घटना प्रति नेपाल प्रेस युनियन रामेछापले पनि बिज्ञप्ती जारी गरी आपत्ति प्रकट गरेको छ । युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी द्वारा हस्तक्षरित बिज्ञप्तीमा निज शिक्षक आफैले खोप लगाएको फोटो समाजिक सञ्जालमा हालेको र खोप दुरुपयोग भएको प्रमामाण त्यसैवाट पुष्टि भएको कुरा उल्लेख गरिएको छ ।विज्ञप्तीमा गलत समाचार हो भने त्यसका लागि कानुनि प्रकृयाहरु पर्याप्त मात्रामा हुँदा हुँदै अन्नपूर्ण टाइम्स कि सह सम्पादक एबं नेपाल प्रेस यूनियनकी प्रदेश पार्षद्ध ज्ञानु श्रेष्ठलाई सडकमै कुटपिट गने धम्की दिनु निन्दनिय कार्य भएकोले निज शिक्षकलाई कडा कार्वाहीको माग गरिएको छ ।

Share93Tweet58Share16

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१ असार २०७८, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१ असार २०७८, मंगलवार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

१ असार २०७८, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१ असार २०७८, मंगलवार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

१ असार २०७८, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१ असार २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.