रामेछाप,२५ असोज । रामेछाप उद्योग बाणिज्य संघले सोमबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नजिकिदै गएको वडा दशै,दिपावली र छठ पर्वको अबसर पारेर संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षता एबं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, नेपाली काँग्रेसका उप सभापति लेखबहादुर कार्की,नेकपा एमालेका सचिब आनन्द श्रेष्ठ, सञ्चारकर्मी,उद्योगी ब्यवसायि,सुुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रतिनिधि हरुले आ—आफ्नो तर्फवाट शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा वोल्ने अधिकांस वक्ताहरुले चाडवार्डको बेला बजार अनुगमनमा कडाइ गरिनु पर्ने,मदिरा जन्य बस्तुको विक्रि वितरणमा रोक लागइनु पर्ने, मदिरा सेबन गरि तिब्र गतिमा सवारी साधन चलाउनेलाई कार्वाहि गरिनु पर्ने र गाउमा हुने झै झगडाका लागि सुरक्षाकर्मी चनाखो हुनुपर्ने कुरालाई जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी पहाडीले आफु यस विषयमा गम्भिर भएको भन्दै चार्ड पर्वका बेला जिल्लाका नागरिकहरुको शान्ति सुरक्षा गर्न, वजार अनुगमनमा कडाइ गरी जिल्लामा हुनसक्ने झै झगडा तथा सवारी दुर्घटनमा कामी ल्याउ आफु लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया