रामेछाप १८ कार्तिक । शुभ दिपावलीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले शुभकामना आदान प्रदान र देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
विहीवार सो संस्थाले आफ्नै भवनमा शुभकामना आदान प्रदानको साथै श्रीलक्ष्मीको चैतन्य झाकी सहित देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो । चैतन्य झाकीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एबं प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले दीप प्रज्वलन गरेर गर्नु भएको थियो ।
प्र.जि.अ. पहाडीले राजयोग ध्यान र मूल्य शिक्षाको माध्यमबाट समाजलाई सकारात्मक दिशामा रुपान्तरणको लागि ब्रह्माकुमारी राजयोगले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति लेख बहादुर कार्की,नेकपा एमलेका सचिब आनन्द श्रेष्ठ,नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष धन योन्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले आ —आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा ब्रह्माकुमारी विष्णुु दिदीले शब्दद्धारा स्वागत गर्नुको साथै लक्ष्मी पूजाको आध्यात्मिक रहस्यको प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ब्रह्माकुमार भरतकुमार श्रेष्ठले ब्रह्माकुमारी राजयोगबाट गरिएको आध्यात्मिक सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा तिहार सग सम्बधित नृत्य एवम विबिध सास्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रमका सहभासगिहरुद्धारा सामुहिक रुपमा देउसी भैलो समेत खेलिएको थियो । कार्यक्रममा सहायक प्र.जि.अ. गीता गुरुङ, मन्थली न.पा.का उपसचिव हेमन्त बुढाथोकी, प्र.ना.उ. नवराज ढुंगाना, शसस्त्र प्र.ना.उ. केशवराज प्याकुरेल लगायत सस्थामा आवद्ध महानुभावहरूको उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रजिअ पहाडी लाई संस्थाको तर्फवाट ब्रह्माकुमारी सीता दिदीले इश्वरीय सौगात प्रदान गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया