रामेछाप १० पुष । जेसिज रामेछापमा २०२२ का लागि रामहरी सापकोटा निर्बिरोध निर्बाचित हुनुभएको छ ।
जेसिज रामेछाको मन्थलीमा शुक्रबार र शनिवार सम्पन्न सातौ जिल्ला अधिबेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति निर्बिरोध निर्वाचित गरेको हो ।
नवनिर्बाचित पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्ष द्वय ज्ञानु श्रेष्ठ र सन्तोष खत्री, महासचिवमा बिमल पौडेल,कोषाध्यमा प्रज्ज्वल बुढाथोकी,उपाध्यक्षमा शैलजा ढुंगेल, बिनोद रोक्का, नारायण थापा र बिपिन दाहाल निर्बिरोध निर्बाचित हुनु भएको हो ।
अध्यक्ष सापकोटाले सन्तोष भट्टराइलाई सह–सचिवमा भरत श्रेष्ठ लाई जनसम्पर्क अधिकारीमा, सुमन खड्कालाई तालिम निर्देशकमा र राजन कार्कीलाई थिम डाइरेक्टर र कानुनी सल्लाहकारमा सरस्वती रायमाझीलाई मनोनयन गर्नु भएको छ ।
जेसिज रामेछाप २०२१ का अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशन अघि कार्की पोखरामा भएको राष्ट्रिय अधिबेशन बाट सेसिज २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्बाचित भैसक्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया