रामेछाप, १६ पुष । नेपाली काँग्रेस कठजोरले शुक्रवार विश्वेश्वर प्रसाद कोइरालालाई सम्झना गरेको छ । विपीको ४६ औ मेलमिलाप दिवसको अबसर पारेर मन्थली नगरपालिका वडा नं २ कठजोरले उनको सम्झना गरेको हो ।
वडा नं २ का सभापति दुर्गा बहादुर बस्नेतको अध्यक्षता एबं प्रदेश महाधिबेशन प्रतिनिधि गुञ्ज बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विपीको योगदानको वारेमा चर्चा गर्दै बिपीले ल्याएको मेलमिलापको सिद्धान्तलाई आत्मसाथ गर्दै तत्कालिन काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले भुमिगत अबस्थामा रहेको माओवदीलाई समेत बार्तामार्फत मूलधारमा ल्याएर मेलमिलाप गराएको स्मरण गराउनुभयो ।
सो अबसरमा बोल्दै मन्थली नगरपालिकाका सभापति शंकर अधिकारीले पद्म शंकर अधिकारी जस्तो नेता अब रामेछाप जिल्लाले पाउन मुस्कील हुने बताउनु भयो । उहाले पद्म शंकर अधिकारीले पनि विपीकै सिद्धान्त अपनाएर आफु सांसद हुदा होस वा जिल्लाको नेता हुँदा धेरै रचनात्मक कामहरु गर्नुभएको स्मरण गराउनु भयो ।
कार्यक्रमका अबसरमा बि सं २०१५ साल देखि पार्टि संगठनमा जुट्नु भएका र तत्कालिन गाविसको सभापति समेत रहनु भएका नेपाली काँग्रेसका नेता पृयदेव अधिकारीलाई पार्टि सभापति शेर बहादुर देउवा वाट जेष्ठ नागरिक सभामा गरिएको मनोनयनको प्रमाणपत्र प्रमुख अतिथि श्रेष्ठ, नगर सभापति अधिकारी र वडा सभापति बस्नेतले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको नेपाली काग्रेस मन्थली नगरपालिकाका निवर्तमान सचिब कृष्ण बस्नेतले जानकारी दिनुभयो ।
सोहि अवसर पारेर वडा नं २ को कार्यसमितिको पहिलो बैठक वसी बिभिन्न बिषयमा छलफल गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया