रामेछाप, १ फागुन । मन्थली नगरपालिका–८ गाइखुराका स्थानीयले मन्दिरको जग्गाको अतिक्रमण गर्नेहरुका विरुद्ध न्यायलय सम्म जाने उद्घोष गरेका छन् । उनीहरुले सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त उद्घोष गरेका हुन् ।
गाईखुराको २ सय बर्ष पुरानो ऐतिहाँसिक श्री नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको १ रोपनी ३ आना जग्गा संँगै मन्दिरको अस्तित्वनै मेटाउने गरी उक्त जग्गाबाट केही ब्यक्तिहरुले नीजि स्वार्थका लागि मुल सडकको पर्खालनै भत्काएर सडक खनेको प्रति आपत्ति जनाएका थिए । उक्त प्रकृया तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि हाललाई जग्गामा डोजर लगाउन स्थानीय प्रशासनले रोक लगाएको आन्दोलनरत युवाहरुले बताएका छन् ।
ऐतिहाँसिक तथ्यका आधारमा पुरातत्व विभागले ३६ लाखको लागतमा पुनः निर्माण गरिदिएको उक्त मन्दिर परिसरको जग्गा र फुलबारी गुठीका नाममा भएको अर्काे ४ रोपनी १३ आना जग्गाको संरक्षणमा आफुहरु जुटि रहेको अवस्थामा उक्त जग्गा माथिको अतिक्रमण बढेपछि आफुहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको स्थानीय अगुवा सानो बावु पुरीले जानकारी गराउनुभयो । शिक्षक समेत रहेका पुरीको नेतृत्वमा सहभागि भएका एक दर्जन भन्दा वढि स्थानीय युबाहरु पत्रकार सम्मेलनमा सहभागि भएका थिए । उनीहरुले बाटो लैजानका लागि बैकल्पिक स्थान हुँदा हुँदै नीजि स्वार्थ पुरा गर्नका लागि मन्दिरको जग्गा बाट बाटो लान नपाईने र जर्बजस्ति गरेमा आफुहरु न्यायको ढोकामा पुग्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा २ सय बर्ष पुरानो मन्दिरको अस्तित्व नै समाप्त हुने गरी मन्दिरको जग्गा मासेर सडक निर्माण गरेर नीजि स्वार्थपूर्ति गर्न खोज्नेहरु प्रति आफुहरुले अभियाननै चलाउने र यसकालागि प्रसाशन र मन्थली नगरपालिकालाई पनि अनुरोध गरी यो कार्य रोक्ने अर्का मन्दिर जोगाउँ का अभियान्ता बालकृष्ण माझिले बताउनुभयो । उहाँले आफनो ठाउँको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकोले त्यस बिरुद्ध कदम चाल्नु परेको जानकारी पनि दिनुभयो ।
पुरीले भने केहि ब्यक्तिहरुले ब्यक्तिगत मुनाफा कमाउने र आफनो जग्गा विक्रि बितरण गर्न मुख्य सडकको समेत संरचना भत्काएर मन्दिरको जग्गा बाट बाटो लैजाने कुरामा हाम्रो समाजको पुर्ण रुपमा असहमति छ । त्यस खालको कु कर्मका बिरुद्ध आफुहरुले संचालन गरेको अभियानका लागि सवै पक्षसंग सहयोगका लागि पनि उहाले आग्रह गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया