रामेछाप,९ फागुन । मन्थली माध्यामिक विद्यालय मन्थलीमा हुन लागेको ब्यवसस्थापन समितिको निर्वाचनमा ४ पदका लािग १४ जनाको उमेद्वारी परेको छ ।
निर्बाचन समितिका अनुसार २ जना खुल्ला सदस्यका लागि १० जनाको र २ जना महिला सदस्यका लागि ४ जनाको उमेद्वारी परेको हो । २ जना खुल्लाका लागि कृष्णहरी खत्री , गणेश बहादुर माझी ,नारायण बहादुर बस्नेत, निरमान श्रेष्ठ, बलविर माझी, बेदकुमार घिमिरे, मोहन बहादुर थापा, यम बहादुर बुढाथोकी, रामकुमार श्रेष्ठ र रामशरण कार्की रहनु भएको छ भने २ जना महिलाका लागि कविता घिमिरे, तिज कुमारी भुजेल, निर्जला दाहाल, सुवेदी र सरीता खड्का खत्री ले उमेद्धारी दर्ता गराउनुभएको हो ।निर्वाचन समितिले चुनाब चिन्हका लागि गरेको गोला प्रथामा पुरुषहरु ले क्रमश बस, घर रेडियो, घोडा, हात्ति, उडीरहेको चरा,टेवुल,फुल, पुतली र बल चुनाब चिन्ह पाएका छन भने महिलाहरुले क्रमश घडि, हवाइजहाज, माछा र किताव चिन्ह पाएका छन् ।
उल्लेखित उमेद्वार मध्ये नेपाली काँग्रेस र नेकपा माओवादीले गठबन्धन गरी २ ÷२ जना भाग लगाएको छ । १ महिला र १ खुल्ला गरी भाग लगाइए अनुसार नेपाली काँग्रेसले निरमान श्रेष्ठ र सरीता खडका ,खत्रीलाई र माओवादीले नारायण बहादुर बस्नेत र कविता घिमिरे लाई सिफारीस गरी ४ जना दुइपार्टिको गठबन्धनका उमेद्वार भनि प्रचार प्रसार थालेको छ ।
उता नेकपा एमालेले भने आफ्ना आधिकारीक उमेद्वारहरु सोमबार साझ सम्म घोषणा गरि नसकेको तर मंगलवार बिहान सम्म तय गर्ने नेकपा एमालेका जिल्ला सदस्य दिनेश सुबेदीले बताउनुभयो ।
नेकपा एस र राप्रपाले पनि आफ्नो उमेद्वारको घोषणा सोमबार राति सम्म गर्न सकेको छैन ।
निर्बाचन समितिका अनुसार कुल १ हजार २ सय ८४ मतदाता रहेको उक्त बिद्यालयको ब्यवस्थापन समिति गठनका लागि मंगलबार बिहान ८ बजे बाट मतदान सुरु गर्ने गरी आबश्यक तयारी गरीसकेको छ ।
२ महिला र २ पुरुष गरी ४ जना प्रत्यक्ष निर्बाचित सदस्यहरुले अरु २ जना १ महिला र १ खुल्ला मनोनित गर्ने मनोनित पछिका ६ जना सदस्यहरुले आफुमध्येवाट १ जनालाई अध्यक्ष बनाउनुपर्ने शिक्षा नियमावलीमा उल्लेख गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया