Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाँउपालिकाका अध्यक्षद्धारा शिक्षक माथि हातपात (भिडियो)

नेपाल अभियान नेपाल अभियान
७ असार २०७६, शनिबार
in समाचार
0
893
SHARES
Share on FacebookShare on Twitter

७ असार, २०७६

रामेछाप- रामेछापको लिखुतामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले अरुणोदय माबि सैपुका प्रधानाध्यापक सन्तोष पौडेललाई हातपात गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले बिज्ञप्ती जारी गरेको छ ।

संगठनका अध्यक्ष टेक प्रसाद घिमिरे र सचिब मणि बहादुर बस्नेतद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा लिखुतामाकोशी गाउँपालिकाले आयोजना गर्ने भनिएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व तयारीका लागि स्रोत ब्यक्ति राजेन्द्र पौडेल र बिरेन्द्र सहनी मार्फत बोलाइएको बैठकस्थल श्री झट्टेश्वर माबि धोबीमा लिखु तामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले बिषय प्रसंग बाहिर शिक्षक छनौट बिषय उठान गरेको र उक्त बिद्यालयमा हाल सम्म रिक्त रहेको सबै बिद्यालयलाई अनुमति प्रदान गरी शिक्षक नियुक्ती गर्नुपर्ने भनि पिडित पौडेलले आफ्नो तर्क राख्दा म यस ठाउको राजासँग बोल्ने तँ को होस् भनि अरुणोदय माबिका प्रअ सन्तोष पौडेल माथि सार्बजनिक स्थलमा अश्लील शब्द प्रयोग गर्दै, हातपात गरेको र उक्त घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

बिज्ञप्तीमा मुलुकमा संघिय गणतन्त्र स्थापना भइ कार्यान्वयनमा समेत आइसकेको अबस्थामा आफुलाई स्वघोषित राजा बनाउदै शिक्षक तथा अन्य सारोकारवालाहरु मथि गरिने ब्यवहार प्रति घोर भत्र्सना गर्दै दोषिले सार्बजनिक रुपमा माफी मागि आइन्दा यस्ता घट्ना नदोहोयाउने प्रतिबद्धताको समेत माग गरिएको छ ।

यसै बिच ४ गतेको बैठकमा सहभागि हुन झट्टेश्वर माबि धोबी पुग्नुभएका तामाकोशी जनजागृति माबि  खिम्तीका खेल शिक्षक एबं राष्ट्रिय शिक्षक संगठन रामेछापका कोषाध्यक्ष गणेश दाहलले उक्त घटनको आफु प्रत्यक्ष दर्शि भएको बताउदै गाउँपालिकाका अध्यक्ष खड्काले प्रअ पौडेललाई अमानबिय  दुर्बब्यबहार गरेको बताउनुभयो ।

सदरमुकाम मन्थलीमा पत्रकार मार्फत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रिय शिक्षक संगठन रामेछापका कोषाध्यक्ष समेत रहेका सन्तोष पौडेलले अध्यक्ष खड्काको ज्यादतीका कारण आफू मात्र नभई गाउँपालिकाका सर्वसाधरणले सहज रुपमा बोल्न नसकेको र अधिकारबाट बञ्चित हुनु परेको आरोप लगाउनुभयो ।

अध्यक्षले आफूमाथि हातपात गरेको बताउँदै पीडित पौडेल

यस बिषयमा गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग नेपाल अभियानले पटक–पटक सम्पर्क गरी उहाको भनाइ समेत लिन खोज्दा उहाले फोन उठाउनुभएन ।

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

Share837Tweet24Share7

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

७ असार २०७६, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

७ असार २०७६, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

७ असार २०७६, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

७ असार २०७६, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

७ असार २०७६, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

७ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.