रामेछाप,७ भदौ – काठमाण्डौ मेडिकल कलेज (केएमसी) अस्पताल काठमाण्डौमा रामेछापका विरामीले उपचार गराउँदा लाग्ने खर्चको २५ प्रतिशत सम्म छुट सुबिधा पाउने भएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम)को पहलमा जिल्लाका विरामीहरुले केएमसीमा उपचार गराउँदा बढीमा २५ प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको हो ।
सो सम्बन्धमा नेपाली काँग्रेस रामेछापका सभापति तामाङ र काठमाण्डौ मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्मा बीच सहमती भएको छ ।
सभापति तामाङ्गका अनुसार रामेछापका विरामीले सो अस्पतालमा उपचार गराउँदा लाग्ने जम्मा खर्चमा २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था मिलाइएको छ तर छुटका लागि भने केही शर्तहरु तोकिएका छन । शर्त अनुसार विरामीले उपचार गर्दा लागेको खर्चमा छुट लिनका लाजि जिल्ला पार्टि नेतृत्वको वा पार्टिले तोकेको आधिकारीक ब्यक्ति दिपेन्द्र खड्काको लिखित वा मौखिक सिफारिस चाहिने ब्यवस्था रहेको छ
विरामीको सहजताको लागि पार्टिले आफूलाई समन्वय गर्ने जिम्मेवारी दिएकाले विरामीहरुको सबै काम फोन वा अन्य माध्यम मार्फतनै हुने कमान खड्का (दिपेन्द्र)ले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया