रामेछाप ,२५ भदौ । योजनाबद्ध तरीकाले नगरको सुधार योजनामा लागेको मन्थली नगरपालिकाले नगर भित्रका सबैखाले सरोकारवालाहरु समेतलाई भेला गराई शिक्षा क्षेत्रको सुधारकालागि गर्न सकिने सम्भावित प्रयासको खोजि गरेको छ ।

नपाले पुर्व निर्धारित कार्यक्रम अनुसार भदौ २४ र २५ गते वाहिर बाट झिकाईएका र जिल्ला भित्रका समेत शिक्षाविद् तथा विभिन्न क्षेत्रका विज्ञहरु समेतलाई आमन्त्रण गरी विद्यालयको शिक्षाको सुधारका लागि गर्न सकिने प्रयास र उपायका बारेमा खोजि गरेका हो । विगत वर्षको निरन्तरको प्रयास बाट पनि शिक्षा क्षेत्रमा आसातित रुपमा सुधार नआएको भन्दै नगरपालिकाले सबै खाले सरोकारवालाहरु विचमा अनुभब आदान प्रदान गर्दे उपाएको खोजि गर्न अन्तक्रिया कार्यक्रम गरेको बताइएको छ ।
नगर भित्र रहेका २२ माविका प्रअ ,कक्षा ८ सम्म संचालन भएका निमावि र तिनका प्रअ ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्षहरु नगर भित्रका अनुभवि र विद्धान शिक्षाविद् नगर शिक्षा समितिका पदाधिकारी शिक्षा शाखाका कर्मचारी तथा अगुवा संचारकर्मिहरुको रोहबरमा शिक्षा क्षेत्रको सुधारमा गर्न सकिने प्रयासका बारेमा अन्तरक्रिया गरेको मन्थली नगरपालिकाका उपसचिब हेमन्त बुढाथोकीले बताउनु भयो ।
अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रको अबस्थामा आशातित सुधार नआएको भन्दै नगरले चालु आबमा शिक्षा क्षेत्रको वजेटमा पनि उल्ल्ोखनिय बृद्धि गर्नुका साथै शैक्षिक सुधारका लागि पनि थप कदम चाल्ने रणनिति अबलम्बन गरेको थियो ।
जस अनुसार उसले जिल्लामा गुणस्तरिय र अनुशासित विद्यालयको रुपमा अब्बल नाम दर्ज गराएको मावि डहुलाई आमन्त्रण गरी उसले शैक्षिक क्षेत्रको विकासमा खेलेको भूमिका र सुधारको क्षेत्रमा गरेको मेहनतका बारेमा पनि छलफल गराएको थियो ।
त्यसैगरी गोष्ठिमा राष्ट्रिय स्तरमा शैक्षिक तथा विभिन्न क्षेत्रमा अनुभब हाँसिल गरेका आधा दर्जन जति विज्ञहरु संगको अनुभबलाई पनि समाबेस गरिएको थियो । उनीहरुले शिक्षा क्षेत्रको सुधारमा सम्भाबनाका आधारहरुलाई पनि सहभागिहरुका माझ प्रस्तुत गरेका थिए ।
अन्तरक्रियालाई प्रभाबकारी र ब्यवहारीकबनाउने उपाएका बारेमा चिन्तित हुदै नगर प्रमुख लब श्रेष्ठले पनि सहभागिका रुपमा दुई दिनको समय अन्र्तक्रिया कार्यक्रममा खर्चनु भएको थियो । दुई दिन सम्म चलेको तालिमले नगरको शैक्षिक सुधारका लागि सबैथरीको अनुभबको आधारमा साझा प्रतिबद्धतापत्र तयार पार्ने र सोहि प्रतिबद्धताका आधारमा नगरको आगामि शैक्षिक कार्यदिशा तय गर्ने जानकारी पनि प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडैलले दिनु भयो । अन्तक्रिया कार्यक्रमको संयोजन शिक्षाविद् गुन्ज बहादुर श्रेष्ठले गर्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया