Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी समुदायले कुटपिट गर्दा एक महिलाको ज्यान गयो, एकको अवस्था गम्भिर हत्याको अभियोगमा २२ जना गाउले प्रहरी नियन्त्रणमा

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०७९, सोमबार
in समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १० असोज । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं –३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुशी नभएको भन्दै आइतवार भेला भएका माझी समुदाका मानिसहरुले कुटपिट गर्दा स्थानीय ५५ बर्षिय बिबि माझीको मृत्यु भएको छ ।
उनीहरुको कुटाईवाट घाइते भएकी मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटना स्थलबाट उद्धार गरी मन्थली स्थीत तामाकोशी अस्पतालमा लगेर उपचार गराइराखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनसार– उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २२ जना गाउलेलाई प्रक्राउ गरिएको छ । प्रक्राउ परेका सबैजनाले आफुले मृतकलाई कुटपिट नगरी पितृ खुशी नभएको कारण पितृले नै आएर कुटपिट गरी मारेको बताएका छन ।
घटना विवरण अनुसार– सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरुको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरुलाई घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरीरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरिरमा पस्ने गर्छ भन्ने विश्वास उनीहरुमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ्, घाटवाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एकदिन सत्कार सहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमा नदिमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ ।
यसरी नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन । पितृ बगाउँदा उनीहरुको शरिरमा आएको पितृ खुशी भएर काम्न छाड्ने विश्वास माझी समुदायको रहेको छ । पितृ बिसर्जन सँगै उनीहरुको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाडदा कामी नै रहे । उनीहरुले पितृकर्म पुरा गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबि माझी रहेको निष्कर्ष युवायुवतीले निकाले । बि बि माझीलाई गाउमा यस अघि पनि बोक्सीको आरोप लगाउने गरिएको थियो ।
सोही निष्कर्ष सँगै उनीहरु बिबि र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुगे र बिबिलाई अक्षताले हान्दै कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बिबिको मृत्यु भइसकेको थियो । उनीहरुले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपछि बिबि मरेकी निष्कर्ष निकालेका छन् ।
छोरीको मृत्यु भएपछि उनकी ७० बर्षिय आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाको बारेमा स्थानीय अन्य समुदायका मानिसहरुले जानकारी पाएसँगै उनीहरु घटनास्थल पुगे । घटनास्थल पुुगेका स्थानीयले उद्धार गर्न नसकेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरुलाई नियन्त्रण लिन सकेन । प्रहरीले दोश्रो प्रयास गरी सुनमायाको उद्धार गर्न सफल भयो । सो घटनामा संम्लग्न भएका १८ जनालाई घटनास्थलवाटै नियन्त्रणमा लिएको छ भने थप ४ जनालाई सोमवार नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।

प्रनाउ थिङका अनुसार– शरिरमा पितृ चढेको बेला काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफुहरुलाई केही थाहा नै नभएको आफु समक्ष बयान दिएको बताउनुभयो । उनीहरुले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरुले पितृ आफ्नो शरिरमा चढेपछि आफुहरुलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरु अनविज्ञ रहेको दावि गरिरहेका छन् तर प्रहरीले भने अनुसन्धानलाई तिव्रता दिएको छ ।

Share19Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० आश्विन २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० आश्विन २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० आश्विन २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० आश्विन २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० आश्विन २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० आश्विन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero