रामेछाप, २० असोज । नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले नेविसंघ रामेछापको अध्यक्षको जिम्मेवारी बिनोद बुढाथोकिलाई दिएको छ । नेबिसंघ रामेछापका सचिब समेत रहेका बुढाथोकीलाई केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले यहि असोज १७ गते पत्राचार गरी ३ महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

उक्त पत्रमा रामेछाप जिल्लामा बिगत ११ बर्ष देखि नेविसंघको अधिबेशन नभएको र बर्तमान बिधान अनुसार ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले र आसन्न संघ र प्रदेश निर्बाचन लाई लक्षित गरी संगठनलाई चलायमान बनाउनका लागि हाललाई नेपाल बिद्यार्थी संघ को बिधान २०२७ र छैठौ शंसोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

बुढाथोकीले बिहिवार जिल्ला पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आफुलाई केन्द्रले अध्यक्षको जिम्मेवारी दिएको घोषणा गर्नु भएको हो ।
कार्यक्रमका अबसरमा बोल्दै उहाले भन्नु भयो – “म ३ महिना नबित्दै जिल्लाको अधिबेशन सम्मन्न गर्ने छु, म फेरी जिल्ला अध्यक्षको दावी गर्ने छैन, संगठन प्रतिको बफादार रहनेहरुको रामेछाप कार्यसमितिको दर्विलो टिम बनाउने छु त्यसका लागि सबैको सहयोगको अपेक्षा पनि गरेको छु ।”
यो बारेमा तपाईको प्रतिकृया