रामेछाप,२ कार्तिक । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले रामेछाप नगरपालिकामा आर्थिक पारदर्शिता सहित नगरको पहिचाहन हुने खालका काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
बुधवार रामेछापमा आयोजित पत्रकार भेटघाटका क्रममा पौडेलले सो कुरा बताउनुभएको हो ।

आफुले यस अघि गाविस सचिव हुँदै, बिभिन्न मन्त्रालय, साविककको जिल्ला विकास र पछिल्लो समयमा २ वटा नगरपालिकामा काम गरेको अनुभव आफुसँग भएकोले प्रभावकारी काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
रामेछाप नगरवासिका आर्थिक र सामाजिक सबृद्धि नै आफ्नो चाहाना भएको भन्दै सकरात्मक काम गर्न सबैको सहयोगको खाँचो भएको बताउनुभो ।
यस अघिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे सरुवा भइ जानुभएपछि यहि असोजको दोस्रो हप्ता मात्र आफ्नो कार्यभार सम्हाल्नु भएको पौडेलले आफुले नगरमा आर्थिक पारदर्शिका, शुसासन र कुशल प्रशान लाई बढि जोड दिई बिकास निर्माणको गुणस्तरीयतालाई पनि ध्यान दिने बताउनुभयो ।

सो अबसरमा कार्यक्रम अधिकृत नारायण सुबेदीले नगरले पछिल्लो १०० दिन मा गरेका गतिबिधि र त्यस वाट प्राप्त उपलब्धिका बारेमा जानकारी गराउदै रामेछाप नगरले बिगतको तुलनामा निक्कै फड्को त मारेका तर नागरिकको चाहाना अनुसार अझै प्रभावकारी काम गर्न बाँकी नै रहेकोले अब त्यस तर्फ मात्र नगरको ध्यान जाने बताउनुभयो ।
कार्यक्रमका अबरमा पत्रकार महासंघ रामेछाप अध्यक्ष बद्रि नयाँघरे, निवर्तमान अध्यक्ष रमेश ढुंगेल र पूर्व अध्यक्ष टिका प्रसाद भट्ट,लगाएतका पत्रकारहरुले नगरको विकास,समृद्धि र सुशासनका लागि आबश्यक सुझाबहरु दिएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया