Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जोगीको फेरी लगाउने काम सुरु

नेपाल अभियान नेपाल अभियान
१२ कार्तिक २०७९, शनिबार
in समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१२ कार्तिक । तिहार सकिए सँगै रामेछाप र दोलखाका जोगीहरुले आफ्नो फेरी लगाउने पेशा सुरु गरेका छन् ।
बिषेशगरी कार्तिक र चैत्र महिनामा रातभर फेरी लगाएर बिहान भर सिदा उठाउने गरिएको भएपनि यस बर्षका तिहार कार्तिकको पहिलो हप्ता देखिनै सुरु भएकाले तिहार सकिएलगतै जोगीहरुले गाँउघरमा फेरी लगाउन थालेका हुन् ।
गाँउघरमा फेरी लगाएर आफ्नो जिविकोपार्जन गर्ने पुस्तौं देखि को परम्परा उनीहरुको परम्परा हो । यो पेशामा युवा पुस्ताको आकर्षण भने देखिदैन । बुढापाकाहरु पेशा गर्न नसक्ने हुँदै जानु र युवापुस्तामा यस पेशा प्रतिको आकर्षण नहुनुले उनीहरुको पेशा संकटमा पर्दै जाने खतरा बढेको छ । यस महिनामा रातभर फेरी लगाउने र विहानभर उठाएको सिदाले आफ्नो परिवारको जिविकोपार्जन गर्ने गरेको तर अब भने आफुहरुलाई जिविकोपार्जन गर्न समस्या हुने अबस्था सुरु भएकोले सरकारी निकायबाट जिविकोपार्जनका लागि बैकल्पिक ब्यवस्थाहुनुपर्ने माग रामेछापका गणेश बहादुर जोगीले गरेका छन् ।

बिभिन्न फरक फरक मत्रोचारण गरि हरेका घरको ४ सुरमा घर घुमेर फेरी लगाउदा जोगीले फेरी लगाएको घरमा शान्ति, सद्धभाब कायम हुने, भुत, प्रेतले दुःख नदिने वाल बच्चा र चौपायालाई समेत राम्रो हुने बिश्वासका साथ घर वरीपरी घुमेर तथा घर भित्रका बिभिन्न कोठाहरुमा समेत फेरी लगाउने गरिन्छ ।
रामेछापको बिजुलीकोट र हिमगंगा तथा र दोलखाको मेलुङ्ग मा उनीहरुको वसोवास रहेको छ । उनीहरुले परम्परागत रुपमा सुरु गरेको यो पेशा का लागि आफुहरु बुढोहुदै गएको र पढेलेखेका छोरा नातिमा यस पेशा प्रतिको अकर्षण नभएपछि अबका दिनमा जिबिकोपार्जनमा समेत समस्या पर्ने र आफ्नो संस्कृति पनि लोप हुने खतरा बढेको दोलखाका मोहन बहादुर जोगी बताउनुहुँन्छ ।

बिशेष गरी कार्तिक र चैत महिनामा रातभर बिभिन्न मत्रोच्चारण गर्दै बराठको सिङ बजाइ फेरी लगाउने र बिहानभर जय खोरखनाथ भन्दै घर घर मा गई सिदा उठाउने र त्यहि सिदाले परिवार पाल्ने पहिले देखिकै चलन रहेको छ ।
यस पेशालाई उनीहरुले आफ्नो जिबिकोपार्जनको माध्यम बनाएको भएपनि कहि कतैबाट उनीहरुको पेशालाई सहयोग नहुँदा उनीहरु चिन्तित बनेका छन् ।


गाउघरमा कार्तिक र साउनको बेला जोगीलाई दान गर्दा फलिफाप हुन्छ भन्न्े विश्वास रहेको छ । त्यसैलै सिदा उठाउन अउने जोगीलाई , धान, मकै,चामल, घिउ,कुबिन्डो फलाम, नुन, बेसार तरकारी,फलफुल र पानी र कालो कपडा समेत राखेर सिदा तयार पारी दियो बलेर नाङलो वा टपरीमा दान गर्ने चलन रहेको छ ।

यस अघि कहिले १० बर्षे द्धन्द्ध काल त कहिले लक डाउन का कारण आफ्नो पेशालाई सुरक्षाका कारण निरन्तरता दिन नसकेको जोगीहरुले लामो समय पछि आफ्नो पेशा सुरु गरेका हुन । यो पेशालाई निरन्तरता दिन सकुन्जेल उनीहरुको राम्रो आम्दानीको स्रोत यहि बनेको छ ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ कार्तिक २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ कार्तिक २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ कार्तिक २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ कार्तिक २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ कार्तिक २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero