रामेछाप,१९ मंसिर । कम्प्युटर एसोसिएसन (क्यान महासंघ) रामेछापको तेस्रो साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशनले पुनः निरज सापकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः दधिलाल नेपाल, राजु श्रेष्ठ (विजय), दिपक कुमार श्रेष्ठ र झनक बुढाथोकी (उत्तम) रहनु भएको छ भने सदस्यहरुमा क्रमशः रविन्द्र श्रेष्ठ, नवराज श्रेष्ठ, गम्भिर वि क, सर्मिला भण्डारी चयन हुनु भएको छ ।
साधारण सभाले जिल्ला भित्र आगामी २ वर्षमा प्रत्येक पालिकाका जनप्रितिनिधि, आइटीका सरोकारवाला निकाय र कर्मचारी समेतको सहभागीतामा स्मार्ट पालिका डिजिटल नेपाल का लागि पैरवी गर्ने, प्रिन्टर तथा ल्यापटपको फ्रि सर्भिस क्याम्प सञ्चालन गर्ने, क्यान रामेछापमा आबद्ध व्यवसायी तथा सदस्यहरुका लागि डिजटल मार्केटिङ सम्बन्धी कार्यशाला को आयोजना गर्ने र साइबर सेक्युरिटी सम्बन्धी कार्यशाला लगायतका अन्य कार्यक्रहरु सम्पन्न गर्ने योजना निर्माण गरेको छ ।
क्यान महासंघ रामेछाप शाखाका यस अघिका अध्यक्ष निरज सापकोटाको अध्यक्षता एबं केन्द्रीय सचिव शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्यान काभ्रेका उपाध्यक्ष दिपक सापकोटा, अधिवक्ता विचारसिं दोङ, पत्रकार महासंघ वागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल लगाएले आ–आफ्नो मन्तब्य राखेका थिए ।
समितिको अब वस्ने बैठकले १ महिला सहित २ जना मनोनित गरी ११ सदस्यीय कार्यसमिति बनाउने तयरी गरेको नव निर्वाचित अध्यक्ष निरज सापकोटाले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया