Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्शको साधारण सभा सम्पन्न

अभियान सम्बादाता अभियान सम्बादाता
३० पुष २०७९, शनिबार
in समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, ३० पुष । श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाको २१औं बार्षिक साधारण सभा मन्थलीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै नगर प्रमुख न्यौपानेले महिलाहरुको सदस्य संख्या बृद्धि गरिनुपर्ने, शेयर सदस्यका उत्कृष्ठ अंक ल्याएर एस इ इ वा दश जोड दुई उत्तीर्ण गर्ने वालवालिकाहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । सरकारको देश विकाशको ३ खम्बे नीति अन्तर्गत शहकारी क्षेत्र पनि एउटा खम्बा भएकोले सहकारीको विकास प्रभावकारी ढंगवाट हुनुपर्ने कुरालाई जोड दिनुभयो । उहाले शेयर सदस्यहरुबाट रकम संकलन गरी त्यसलाई ब्याजमा लगाएर उनीहरुलाई मुनाफा बितरण गर्ने सहकारी क्षेत्रलाई कसैले अनुदान नदिने भन्दै प्रत्यक्ष नागरिकहरुको सहभागिता नरहने शहकारीहरु डुब्दै जान लागेको ले त्यस तर्फ सजग रहन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले जिल्लाको सहकारीहरुको अनुगमन गर्न आफुलाई जिम्मेवारी प्राप्त भएको जानकारी गराउदै अनुगमन समितिको बैठक बसेर अब जिल्लाका सबै सहकारीहरुको अनुगमन गरी नीति र विधिमा नचलेका सहकारीहरुलाई कार्वाहिका लागि सिफारिस गर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले यो वचत तथा ऋण सहकारी संस्थाले नाम अनुसारको काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाले सहकारी लाई अगाडि बढाउन सञ्चार क्षेत्रबाट जस्तोपनि सहयोग गर्न सकिने भन्दै प्रभावकारी ढंगबाट सहकारी सञ्चालन गर्न र भाखा नाघेका ऋणीहरु सबै सहकारीमा हुने हुनाले भाखा ननाघिकन ऋण तिर्न शहकारीका शेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
सो अबसरमा बोल्दै रामेछाप उद्योग बाणिज्य संघ का अध्यक्ष केशव प्रसाद घिमिरेले जिल्लाको राम्रो सहकारी मध्येमा पर्न सफल भएको यस बचत तथा ऋण सहकारी संस्था नीति र बिधि भित्र चलेको आफुले पाएको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ का उपाध्यक्ष नविन केशीले बिनाधितो ऋण प्रवाह गर्न बिधि र प्रकृयाले नमिल्ने भन्दै धितो राखेर तजिपनि ऋण प्रवाह गर्न सकिने बताउनुभयो ।
उहाले अहिले आएका शहकारी सम्बन्धि ऐन नियमहरु अध्ययन गरेर सोहि अनुसार सञ्चालक समितिहरु चल्नु पर्ने बताउनुभयो ।
उक्त अवसरमा बोल्दै नेफ्स्कुन फिल्ड कार्यालय रामेछापका कार्यालय प्रमुख सूर्य बहादुर थापाले एक दुई वटा शहकारी ले बदमासी गर्दैमा सबै सहकारीहरुलाई एउटै दाँजोमा राख्न नहुने बताउनुभयो ।
उहाले शहकारी संञ्चालकहरु स्थानीय भएपछि बदमासी हुने कुनै शंका नगर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

साधारण सभामा अधिक शेयर खरिदकर्ता शेर बहादुर राई, अधिक बचतकर्ता धिरेन्द्र खोजु,नियमित बचतकर्ता टंककुमार श्रेष्ठ, वाल वचतकर्ता बिपन बुढाथोकी, र जेष्ठ बचतकर्ता दुर्गा बहादुर खत्रीलाई सम्मान गरिएको थियो ।
साधारण सभाले सचिब प्रमोद श्रेष्ठ द्धारा प्रस्तुत सांगठनिक गतिविधि पास गरेको छ । सो अबसरमा कोषाध्यक्ष रमेश ढुंगेलले कुल २ करोड ४३ लाख ८० हजार ४ सय ९४ बरावरको सम्पत्ति रहेको यस संथामा गत आर्थिक वर्षमा ३० लाख ३१ हजार १ सय ४० रुपैया वरावरको आम्दानी खर्च हुँदा खुद ५ लाख ३७ हजार १ सय ५३ रुपैया नाफा कमाएको जानकारी दिनुभयो । साधारण सभाले दर्तावाल लेखापरीश्रक शिब खड्का द्धारा गरिएको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ भने कमलहरी थापा, लक्ष्मी पाण्डे र कृष्ण प्रसाद सुवेदीलाई सदस्यमा निर्वाचित गरेको छ ।

Share12Tweet8Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

३० पुष २०७९, शनिबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

३० पुष २०७९, शनिबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

३० पुष २०७९, शनिबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

३० पुष २०७९, शनिबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

३० पुष २०७९, शनिबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

३० पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.