रामेछाप,४ माघ । नेपाल खेलकुद महासंघ वागमती प्रदेशको आयोजनामा वागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधवार देखि मन्थलीमा सुरु भएको छ ।
खेलको उद्घाटन नेकपा एमालेका सचिब एबं पूर्व मन्त्री गोकर्ण बिष्टले गर्नु भएको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा वागमती प्रदेश अन्तर्गता जिल्लाका १३ वटा टिमको सहभागि रहेको छ ।
रामेछाप र काडमाण्डौ बिच भएको उद्घाटन खेल मा २५–०५,२५–१३ को सोझो सेटले रामेछापले जितेको छ भने त्यस पछि सिन्धुली र नुवाकोट बिच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले जितेको छ भने सिन्धुपाल्चोक र रसुवा बिच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले जितेको छ ।
प्रतियोगिताको विजेता टोली मध्ये प्रथम हुनेले पुरस्कार स्वरुप २ लाख द्वितीय हुनेलाई १ लाख र तृतिय हुनेलाई ५० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी ३० हजार शिल्ड मेडल र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार दिइने छ ।
प्रत्येक सहभागि समुहलाई सहभागि भए बापद प्रति समुह २५ हजार र सेमी फाइनलमा पुगेका समुहहरुलाई थप २५ हजार रुपैया आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासंघ बागमती प्रदेशका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया