Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२१ माघ २०७९, शनिबार
in प्रदेश नं ३, समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter

जिरी (दोलखा), माघ २१ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा दोलखाको पर्यटकिय नगरी जीरी मा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको साधारण सभाको उद्घाटन शुक्रवार बागमती प्रदेका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो ।
सो अबसरमा बोल्दै मुख्य मन्त्री जम्कट्टेले बागमती प्रदेशका पत्रकारहरुका लागि समाजिक सुरक्षा कार्यक्रम सँग जोड्न ५० लाख विनियोजन गर्ने बताउनुभयो ।
उहाले यस अघि आफू आर्थिक मामिला तथा योजना मन्त्री हुँदा पत्रकार महासंघ बागमती प्रदेश लाई भवन निर्माणका लागि १ करोड रुपैया विनियोजन गरेको र बागमती प्रदेशका अन्य ४ वटा पत्रकारका संगठनहरुलाई पनि १०÷१० लाखका दरले विनियोजन गरेको पनि उहाले वताउनुभयो ।
उहाले रसुवा जिल्ला शाखाको लागि जग्गा प्राप्तिको काम सक्नासाथ भवन निर्माण गर्न रकम विनियोजन गर्ने र वागमती प्रदेशका पत्रकारहरुको संगठनका लागि आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै संघिय मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बागमती प्रदेशका पत्रकारहरुको दुर्घटना विमा आफ्नो मन्त्रालय मार्फत सुरु भैसकेको भन्दै त्यसका लागि आबश्यक कागजातहरु जुटाउन जिल्ला शाखाहरुले पहल गर्न अनुरोध गर्नुभयो । उहाले पत्रकार हरुको क्षमता अभिबृद्धिका लागि प्रदेशमा रहेको सञ्चार रजिस्टारको कार्यालयले बिभिन्न तालिमहरु सञ्चालन गरीरहेको र यस्ता तालिमहरुलाई निरन्तरता दिने पनि बताउनुभयो ।

वागमती प्रदेशका अध्यक्ष शिब देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै नेपाल पत्रकार महांघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले स्थानीय तह र प्रदेश सरकारले आ आफ्नो क्षेत्रमा भएका मिडिया हाउसहरुलाई जोगाउनका लागि बिभिन्न कार्यक्रमहरु दिनु पर्ने र हरेक बिकास निर्माण मा सञ्चार माध्यम जोडनु पर्ने कुरालाई जोड दिनुभयो । कार्यक्रमका अवसरमा पत्रकार महासंघ की केन्द्रीय सचिब सृजना अर्याल, केद्रीय सदस्य द्वय रमेश खतिवडा र सुनिल खड्का, जिरी नगर प्रमुख मित्र जिरेल ,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्के, पुर्व मन्त्री बिशाल खड्का, प्रेस रजिस्टार रेवती सापकोटा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियनका सम्बु गौतम लगाएतले आ–आफनो मन्तब्य राख्नु भएको थियो ।


यसैबिच साधारण समभाको बन्द सत्रले महासचिब कृष्ण सारु मगरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रमेश ढुंगेलको आर्थिक बर्ष २०७७÷७८ र २०७८÷७९ को आय ब्यय विवरण पास गरेको छ । उक्त बन्द सत्रले १० बुँदे जिरी घोषणा पत्र पनि सार्वजनिक गरेको छ । घोषणा पत्रमा अहिले पनि विभिन्न पक्षबाट पत्रकारहरु माथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्ने,मोफसलका अधिकांश सञ्चारमाध्यम स्वरोजगारमूलक उद्योगका रुपमा स्थापित छन, मिडिया क्षेत्रलाई उद्योग वा व्यवसायको रुपमा नहेरींदा सञ्चारमाध्यमले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनु परेको अबस्था छ, मिडियालाई उद्योगको रुपमा परिभाषित गर्दै सेवा सुविधा उपलव्ध गराउन सरकारसँग माग गर्ने कुरा उल्लेख गरिएको छ । त्यसैगरी पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति परिमार्जन गर्न माग गर्ने,सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनका कतिपय प्रावधान प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालका छन, यस्ता ऐनलाई परिमार्जन गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनहरु सञ्चारकर्मीमैत्री बनाउन तीनै तहका सरकारसँग आग्रह गर्ने कुरा पनि उल्लेख गरिएको छ । यसैगरी स्थानीय स्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आवश्यक नीति बनाई समानुपातिक विज्ञापन उपलव्ध गराउने व्यवस्था गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने र पत्रकारको न्युनतम पारिश्रमिकलाई समयानुसार परिमार्जन गर्दै सबै सञ्चारमाध्यमले समयमै उचित पारिश्रमिक उपलव्ध गराउने व्यवस्था गर्न सम्बन्धित पक्षसँग माग गर्ने कुरा पनि उल्लेख गरिएको छ ।

त्यसैगरी श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्ने व्यवस्था गर्न पनि यो सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्र संस्था बनाउने अभियान अन्तर्गत सदस्यता शुद्धीकरण अभियानलाई नेपाल पत्रकार महासंघको बिधान तथा केन्द्र र प्रदेशको निर्देशनको अधिनमा रही अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला शाखाहरुलाई अनुरोध गर्ने कुरा पनि उल्लेख गरीएको छ । यसैगरी दोलखाको ऐतिहासिक, धार्मिक एवम पर्यटकीय नगरी जिरी तथा दोलखाका विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा आवश्यक योजना बनाउन संघीय र प्रदेश सरकारसँग माग गर्दै यो नगरीलाई क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी बनाउने जिरी नगरपालिकाको अभियानलाई सार्थक बनाउन दुवै तहका सरकारलाई आवश्यक नीति बनाउन आग्रह गरिन्छ साथै जिरीको पर्यटन विकास अभियानमा सम्पूर्ण संचारक्षेत्रले आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्ने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि भवन निर्माण, तालिम केन्द्र व्यवस्थापन लगायतको कार्यमा महत्वपूण सहयोग पु¥याउने बागमती प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्री लगायत सबै पक्षलाई आभार प्रकट गर्ने यस प्रदेशका चितवन र काभ्रेमा पत्रकार प्रशिक्षण केन्द्र निर्माणका लागि आवश्यक सहयोग गर्न तथा दोलखा शाखाको भवन निर्माणको कामलाई पूर्णता दिन र रसुवा शाखाको भवन निर्माण प्रकृया सुरुवातका लागि प्रदेश सरकारसँग आग्रह गर्ने कुरा पनि उल्लेख गरीएको छ । यसैगरी नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधरणसभा सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरेकोमा आतिथ्य शाखा दोलखालाई हार्दिक धन्यवाद ब्यक्त गर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

Share21Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ माघ २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ माघ २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ माघ २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ माघ २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ माघ २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero