Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कर्मचारी संगठनद्धारा प्रजिअको ध्यानाकर्षण

superadmin superadmin
२९ फाल्गुन २०७९, सोमबार
in प्रदेश नं ३, समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन रामेछापले सोमबार प्रजिअ शोभाखर रेग्मीलाई भेटेर संगठनको तर्फबाट एक ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार बेलुकि प्रजिअ रेग्मीको कार्यकक्षमा पुगेका कर्मचारी संगठनका प्रमुखहरुले आईतबार प्रजिअ समक्ष लिखित रुपमा आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई भेटी यस्ता खालका गतिविधि रोक्नका लागि पनि माग गरेका छन् ।
मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँलाई केहि अराजक तथा उछृंखल ब्यक्तिहरुबाट आईतबार दिउँसो आफनो कायकक्षमा आक्रमण भएको भन्दै संठनले घटना प्रति आपत्ति जनाएको छ । उक्त ज्ञापन पत्रमा केहि अराजक तथा उछृंखल ब्यक्तिहरुबाट उहाँमाथि भएको दुब्र्यबहार प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ ।
कोहि ब्यक्ति वा समुह विषेशको नाम पनि उल्लेख नगरिकन ,केहि अराजक तथा उछृंखल ब्यक्तिहरुका नाममा जारी गरिएको विज्ञप्तीमा मन्थली बहुमुखी क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचनको मनोनयको विषयलाई लिएर आईतबार दिउंसो हुल हुज्जत गरी कार्यालयमा पसेको समुहले नगर कार्यपालिकाको दर्ता चलानी किताब कब्जामा लिई प्रमुख प्रशासकीय अधिकृत माथि धाक धम्कि दिएर कानुनी शाशनलाइनै चुनौती दिनेगरि जिम्मेवार ब्यक्तिहरुबाट गरिएको अमर्यादित कार्य प्रति संगठन निन्दा र भत्र्सना गर्दछ भनिएको छ ।
संगठनका जिल्ला अध्यक्ष रोहिणीराज जैसी र सचिव बेदराज काफ्लेद्धारा जारी विज्ञप्तिमा सरकारी कार्यालयबाट सम्पादित कार्यको जानकारी पाउने र कर्मचारीबाट कम्जोरी भएमा कानूनि उपचारको पाटो हु््ँदा हु्््ँदै यस्तो कार्यले कर्मचारीलाई कार्यसम्पादनमा चुनौती थपेको जनाएको छ । यस्ता खालका अमानवीय व्यवहार रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनाको बारेमा आफूलाई अवगत भएको भन्दै अवाञ्छित क्रियाकलाप गर्ने व्यक्ति कुनै पार्टी वा संगठनको भएपनि कानून भन्दा माथि हुन नसक्ने भएकोले त्यस्ताखालका गतिविधि गर्ने कोहि कसैलाई पनि छुट दिन नसकिने र आईन्दा त्यस खालका हर्कतहरु हुन नदिने भन्दै यस खालका कृयाकलाप प्रति प्रशासन सचेत रहेको भन्दै घटनाले आफुलाई पनि दुःखित तुल्याएको बताउनु भयो ।
उहाले संबन्धित पक्षले यस बारेमा क्षमा मागिपनि सकेको र आइन्दा यसखालका गतिविधि हुन नदिने भन्दै यस खालका हर्कत विरुद्ध सबैखालका संगठनहरुलाई एक भएर लाग्न पनि आग्रह गर्नु भयो । उहाले घटना प्रति आफु पनि गम्भिर रहेको भन्दै सबै कर्मचारीहरुलाई ढु्क्क भएर नागरिकका काममा लाग्न पनि आग्रह गर्नु भयो ।
आईतबार दिउँसो स्ववियु निर्वाचनको विषयलाई लिएर नेपाली काँगे्रसका जिल्ला सचिब दीपक खड्का सहितको टोलि अनेरास्ववियुबाट सभापतिका उमेद्वार बनेका पुष्कर भट्टराईको जागिर नियुक्तिका विषयमा बुझन आफना कार्यकर्ताहरू सहित आइतबार प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न मन्थली नगरपालिका पुगेको थियो ।
सोहि विषयमा कुरा राख्ने क्रममा सचिब खड्काले भट्राईले जागिरबाट राजिनामा दिएको प्रमाण खोजि गर्नू भएको थियो । सोहि विषयमा भनाभन् हु्ँदा सचिब खड्काले प्रशासकिय अधिकृतलाई कालो मोसो लगाउने धम्कि दिएका थिए । कर्मचारि हरुले भनेका छन् यस बारेमा चेम्बर भित्र भएका सबै कृयाकलापहरुको सिसी टिभिको फुटेज सुरक्षित छ ।
पछि प्रमुख प्रशासकिय अधिकृत सहित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल पनि भएको र छलफलमा नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले गल्ती भएको भन्दै क्षमा माग्नु भएपछि छलफल टुगिएको थियो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ फाल्गुन २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ फाल्गुन २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ फाल्गुन २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ फाल्गुन २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ फाल्गुन २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ फाल्गुन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero