Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विद्युतिय वसलाई चार्जिङकै समस्या

नेपाल अभियान नेपाल अभियान
७ बैशाख २०८०, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

सुनकोसी गाँउपालिकाको रामटारमा रहेको चार्जिङ स्टेशनमा रीचार्ज गदै विद्युतिय माइक्रोवसहरु

मन्थली,७ वैशाख । रामेछाप, सिन्धुली र तराइका विभिन्न भागहरुमा सञ्चालन भएका विद्युतिय माइक्रो वसहरुका लागि चार्जिङको समस्या हुने गरेको छ । बाटोमा डिजेल गाडिहरुका लागि पर्याप्त पेट्रोलपम्प हुने भएपनि विद्युतिय गाडिहरुका लागि पर्याप्त चार्जिङ स्टेशन नहुँदा समस्या बढेको हो ।
मन्थली वाट काठमाण्डौ जाँदा वाटोमा पर्ने खुर्कोट र रामटारमा चार्जिङ स्टेशन भएपनि खुर्कोटको चार्जिङ प्वाइन्टहरु वारम्बार विग्रिहरने गरेको छ भने रामटारमा भएको स्टेशनमान हत्त पत्त पालै नआउने समस्याले दिनानुदिन सताएको ब्यवसायीहरु बताउछन् । काठमाण्डौ बाट मन्थली, एबं सिन्धुली र ताराइका विभिन्न भागहरुमा जाने सवारीसाधनहरुले खुर्कोटमा अनिवार्य सवारी इन्ट्री गराउनुपर्ने भएपछि यो ठाँउ सवै खाले गाडिहरुका लागि मुख्य स्टेशन वनेको छ ।
अझ विद्युतिय सवारी साधनका लागि त चार्जिङ स्टेशन पनि भएका कारण सामन्य अबस्थामा करिव आधा घण्टा जति यहा चार्ज गररे जानुपर्ने अबस्था रहेको छ तर खुर्कोटमा रहेको चार्जिङ स्टेशनमा बेला वेलामा समस्या आँउने गरेपछि विद्युतिय वस सञ्चालकहरु मर्कामा पर्ने गरेका छन् ।
३५० भोल्टको ब्यट्रिमा फुल चार्ज गरेपछि २ सय पचास किलोमिटर माइलेज दिने भनि आफुले गाडि किनेको भएपनि उकालो बाटो समेत हिड्नु पर्ने भएकोले काठमाण्डौ बाट मन्थली आउदा जाँदा बढिमा १ सय चालिस किमी मात्र माइलेज दिने गरेको वा ००२ ज २९८ नं का गाडि चालक उपेन्द्र थापा बताउनुहुन्छ । बिभिन्न स्थानमा जाने आउने बिद्युतिय माइक्रोवसहरु बढदै गएपछि रिचार्ज गर्न सहज होस भन्ने उद्देश्यले सिन्धुलीको खुर्कोटमा चार्जिङ स्टेशन राखिएको थियो ।
एक पटकमा ४ वटा गाडिहरु सम्म चार्ज गर्न मिल्ने गरी बनाइएको उक्त स्टेशनका चार्जिङ प्वाइन्टहरु वेला वेलामा विग्रदा आफुहरुलाई समस्या पर्ने गरेको माइक्रोवस चालकहरु वताउछन् । एक हप्ता अघि ३ वटै प्वाइन्टहरु विग्रेको यस स्टेशनमा भने अहिले विग्रेका २ वटा प्वाइन्ट भर्खरै मर्मत पछि ३ वटा प्वाइन्टहरु सञ्चालनमा छन् । यहा कहिले सबै प्वाइन्टहरुले काम गर्दैन त कहिले दुइ देखि ३ वटा सम्म प्वाइन्टले काम गर्दैन ।
खुर्कोट बाट नेपालथोक तथा खनियाखर्क पुग्नका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले लागु गरेको टाइम कार्डका कारण टाइम कटाउन खुर्कोटमा इन्ट्री गरेपछि एकै पटक चार्ज गर्न खोज्ने दर्जनौ ति गाडिहरु कहिलेकाहि लाइनमा वस्नु पर्ने बाध्यता छ ।
त्यति मात्र हैन खुर्काेट बाट सिन्धुली जानका लागि बढि उकालो भएको र उकालोमा धेरै बिद्युत खपत हुने हुँदा पनि यहाँ चार्ज नगरी जाँदा कहिलेकाही गाडि बिचैमा इन्धन अभावमा वस्नुपर्ने बाध्यताले पनि यहाँ चार्ज गर्न जरुरी हुने गरेको यातायात ब्यवसायीहरु बताउछन् ।
यहाँको स्टेशनमा डिजिटल भुक्तानी प्रणाली द्वारा सहुलियत मुल्यमा चार्ज गर्न पाइने भएका कारण पनि खुर्कोटमा चार्ज गर्नेहरुको संख्या अत्याधिक हुने गरेको छ ।
सुनकोशी गाँउपालिकोका रामटारमा पनि चार्जिङ स्टेशन छ, उक्त स्टेशन नीजि कम्पनी द्धारा सञ्चालन गरिएकोले त्याहा खुर्कोटको तुलनामा दोव्वर शुल्क प्रति यूनिट भुक्तानी गर्नुपर्ने भएकोले अधिकांस विद्युतिय वस सञ्चालकहरु खुर्कोटमै चार्ज गर्न रुचाउछन । खुर्कोटमा नेपाल विद्युत प्राधिकरण द्वारा स्थापना गरिएकोले प्रति युनिट रु ८ रुपैया लाग्ने र निजी कम्पनीले रामटारमा राखेको चार्जिङ स्टेशनमा प्रति यूनिट रु १५ रुपैया तिर्नु पर्ने भएपछि अधिकांस विद्युतिय सवारी चालकहरु खुर्कोटमै चार्ज गर्ने गरेका हुन् ।
यता बिद्युतिय माइक्रोवस र डिजेल माइक्रोवसको भाडा वरावरी भएको प्रति स्थानीय यात्रुहरुले गुनासो गरेका छन् । डिजेलवाला सुमो वा माइक्रोमा रामोछापको मन्थली वाट काठकाण्डौ जाँदा रु सात सय भाडा लाग्ने र विद्युतिय माइक्रोवसमा पनि उत्तिनै भाडा लाग्ने गरेका कारण उनीहरुले गुनासो गरेका हुन् ।
बिद्युतिय सवारी साधनको इन्धन खर्च असाध्यै न्यून हुने भएकोले भाडादर डिजेल गाडिको तुलनामा कम हुनुपर्ने उनीहरुको माग छ । तर भाडा घटाउदा डिजेल बाट चल्ने गाडिहरुले यात्रुहरु नपाउने र विद्युतिय सवारी साधनले बढि यात्रुहरु पाउने भएपछि यातायात ब्यवसायिहरु बिच मन मुटाव हुने भएकोले भाडा समायोजन गर्न नसकिएको विद्युतिय माइक्रो वस अन्तर्गत रहेको दोलखा भिमेश्वर यातायात प्रा लि मन्थलीका काउन्टर इन्चार्ज जीवन माझीले वताउनुभयो । बातावरणिय प्रदुषण मुक्त विद्युतिय माइक्रोवासहरु हाल सम्म ३ सय भन्दा बढिको हाराहारीमा सञ्चालनमा आइसकेका छन् ।

Share6Tweet4Share1

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

७ बैशाख २०८०, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

७ बैशाख २०८०, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

७ बैशाख २०८०, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

७ बैशाख २०८०, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

७ बैशाख २०८०, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

७ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.