
मन्थली,७ बैशाख । रामेछापका सामुदायिक वनहरुमा लागेको डढेलोको कारण ओख्रेनीको जुनार वगैचामा लागेको आगोले लाखौको क्षति पुगेको छ ।
नजिकैको जंगलमा लागेको डडेलो जुनार बगैचामा पसेपछि रामेछाप नगरपालिका वडा नं ६ का स्थानीय लाल बहादुर तामाङ र फत्त बहादुर खड्काको जुनार बगैचा सखाप हुँदा बार्षिक करिब ६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएर उक्त जंगल नजिकैको बगैचामा पुगेको थियो । स्थानीयहरुको प्रयासमा लागेको आगो नियन्त्रणको प्रयास भएपनि आगो नियन्त्रण बाहिर जाँदा उक्त घटना भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख थिर लाल गैरैको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आगलागी बाट लाल बहादुर तामाङको ३ सय २० बोट जुनार १६ बोट कागती,५ बोट सुन्तला,५ बोट निवुवा सहित ५ लाख र स्थानीय फत्त वहादुर खडकाको ३५ भन्दा बढि बोट फलेको जुनार को बार्षिक रुपमा आम्दानी हुने करिब १ लाख रुपैयाँ बराबर सहित ६ लाख रुपैया वरावरको क्षति भएको मुल्याङकन गरेको छ ।
उनले भने– “डडेलो लागे संगै बर्षेनिको आम्दानी मात्र घटेन । त्यसमा अहिले सम्म किसानले गरेको मेहनत र लगानी अनि विशौं बर्ष नियमित रुपमा हुने लाखौको आम्दानी पनि गुमेको गैरेको भनाई रहेको छ ।” यसका लागि लाल बहादुरले गाउँमानै रहेर ब्यवसाय गर्नै विश्वास दिलाई उनका लागि भने १ लाख देखि ५० हजार रुपयाँ सम्म राहत दिन सकिने पनि गैरेको भनाई रहेको छ ।
बर्षेनी जुनार विक्रिबाट लाखौ आम्दानी गरेर आफनो जिविकोपार्जन चलाउँदै आएका रामेछाप नगरपालीका–६ का लाल बहादुर तामाङ र फत्त बहादुर खड्काले सबैतिर प्रयास गर्दा पनि राहत पाउन नसकेको गुनासो गरे । बार्षिक ६ लाख भन्दा बढि आम्दानी गर्दै आएको र उक्त आम्दानी एकै दिनको डडेलोले स्वहा बनाई दिएको पनि उनीहरुले गुनासो गरे ।
राहत र क्षतिपुर्तिका लागि जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका,कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा पनि जानकारी गराई सक्दा पनि कतैबाट पनि सहयोग नपाएको गुनासो सम्बोधन नभएको पिडित लाल बहादुर तामाङले वताउनुभयो ।
यस बारेमा रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले नगरपालिकाले क्षतिको मुल्याँकन स्थलगत रुपमानै पुगेर संकलन गरेर ल्याएको र राहतको लागि नगरले आबश्यक निर्णय गर्ने तयारी भैरहेको बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया