Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जुनार बगैँचामा आगलागी हुँदा लाखौको क्षति

नेपाल अभियान नेपाल अभियान
७ बैशाख २०८०, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


मन्थली,७ बैशाख । रामेछापका सामुदायिक वनहरुमा लागेको डढेलोको कारण ओख्रेनीको जुनार वगैचामा लागेको आगोले लाखौको क्षति पुगेको छ ।
नजिकैको जंगलमा लागेको डडेलो जुनार बगैचामा पसेपछि रामेछाप नगरपालिका वडा नं ६ का स्थानीय लाल बहादुर तामाङ र फत्त बहादुर खड्काको जुनार बगैचा सखाप हुँदा बार्षिक करिब ६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएर उक्त जंगल नजिकैको बगैचामा पुगेको थियो । स्थानीयहरुको प्रयासमा लागेको आगो नियन्त्रणको प्रयास भएपनि आगो नियन्त्रण बाहिर जाँदा उक्त घटना भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख थिर लाल गैरैको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आगलागी बाट लाल बहादुर तामाङको ३ सय २० बोट जुनार १६ बोट कागती,५ बोट सुन्तला,५ बोट निवुवा सहित ५ लाख र स्थानीय फत्त वहादुर खडकाको ३५ भन्दा बढि बोट फलेको जुनार को बार्षिक रुपमा आम्दानी हुने करिब १ लाख रुपैयाँ बराबर सहित ६ लाख रुपैया वरावरको क्षति भएको मुल्याङकन गरेको छ ।
उनले भने– “डडेलो लागे संगै बर्षेनिको आम्दानी मात्र घटेन । त्यसमा अहिले सम्म किसानले गरेको मेहनत र लगानी अनि विशौं बर्ष नियमित रुपमा हुने लाखौको आम्दानी पनि गुमेको गैरेको भनाई रहेको छ ।” यसका लागि लाल बहादुरले गाउँमानै रहेर ब्यवसाय गर्नै विश्वास दिलाई उनका लागि भने १ लाख देखि ५० हजार रुपयाँ सम्म राहत दिन सकिने पनि गैरेको भनाई रहेको छ ।
बर्षेनी जुनार विक्रिबाट लाखौ आम्दानी गरेर आफनो जिविकोपार्जन चलाउँदै आएका रामेछाप नगरपालीका–६ का लाल बहादुर तामाङ र फत्त बहादुर खड्काले सबैतिर प्रयास गर्दा पनि राहत पाउन नसकेको गुनासो गरे । बार्षिक ६ लाख भन्दा बढि आम्दानी गर्दै आएको र उक्त आम्दानी एकै दिनको डडेलोले स्वहा बनाई दिएको पनि उनीहरुले गुनासो गरे ।
राहत र क्षतिपुर्तिका लागि जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका,कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा पनि जानकारी गराई सक्दा पनि कतैबाट पनि सहयोग नपाएको गुनासो सम्बोधन नभएको पिडित लाल बहादुर तामाङले वताउनुभयो ।
यस बारेमा रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले नगरपालिकाले क्षतिको मुल्याँकन स्थलगत रुपमानै पुगेर संकलन गरेर ल्याएको र राहतको लागि नगरले आबश्यक निर्णय गर्ने तयारी भैरहेको बताउनुभयो ।

Share7Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ बैशाख २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ बैशाख २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ बैशाख २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ बैशाख २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ बैशाख २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero