Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अतिरिक्त हुलाक खारेजीको विरोधमा कर्मचारी आन्दोलित

नेपाल अभियान नेपाल अभियान
५ असार २०८०, मंगलवार
in प्रदेश नं ३, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ५ असार । सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजि गर्ने घोषणा गरे संगै आक्रोशित बनेका कर्मचारी हरुले आज सदरमुकाम मन्थलीमा भेला भएर सरकारको उक्त कार्यको विरोध जनाएका छन् । नयाँ बजेट बक्तब्य संगै सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रीएका हुन् ।
मङ्गलवार मन्थलीको देवकोटा चोकमा भेला भएका कर्मचारीहरुले बजार परिक्रमा पछि जिल्ला हुलाक कार्यालय रामेछापको मुल (ढोकामा कालो ब्यानर राखेर विरोध जनाएका थिए । विरोध सभामा कतिपय कर्मचारीहरू लठ्ठी टेकेर आईपुगेका थिए ।उनिहरुले कालो पट्टी बाँधेर सरकारले गरेको घोषणाको विरोध गरेका छन् ।
डाँक बाहक र पत्र वितरकका भरमा जीवनको लामो समय हुलाक सेवामा समर्पित गरेका मध्य कतिपयले त ७० बर्षको उमेर पनि ब्यतित गरि सकेका छन् । उनिहरुले आफुहरुका लागि सरकारले पुर्ण वेवास्ता गर्दे र कुनै पनि सेवा सुविधा निश्चित नगरी सिधै अतिरिक्त हुलाक खारेज गर्न खोजिए पछि आक्रोशत बनेकाहरुले करिब १२ बजेतीर कार्यालयको मुल ढोकामा पुगेर हातमा कालो पट्ट्ी बाँधेर कार्यालय अगाडी धर्ना दिएका हुन् ।
जीवनको लामो समय हुलाक सेवामा व्यतीत गरेको र अहिले केही सेवा सुविधा निश्चित नगरी सिधै अतिरिक्त हुलाक खारेज गर्न खोजिएको भन्दै उनीहरूले कार्यालय अगाडी धर्ना दिएका हुन् । उनिहरुले वर्तमान गठबन्धन सरकारले अतिरिक्तका कर्मचारीहरूलाई बेवास्ता गरेर कुनै ठोस तयारी विना अतिरिक्त हुलाक खारेज गरेर बेरोजगारी सिर्जना गरेको भन्दै चरणवद्धरुपमा आन्दोलनका कार्यक्रम गर्दे जाने दावि पनि गरे ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन रामेछापका सचिव अम्बर बहादुर विश्वकर्माले आफूहरूको माग सुनुवाइ नभए असार १० गते बाट जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरी अन्य आन्दोलनका कार्यक्रमहरू सशक्त ढङ्गले अगाडी बढाउने बताए । यस अघि गत जेठ ३० गते पनि रामेछाप जिल्लाका कर्मचारीहरूले जिल्ला हुलाक कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा छुट्टाछुट्टै ज्ञापन पत्र मार्फत आन्दोलनको स्वरूपबारे जानकारी गराएका थिए । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लामा अतिरिक्त हुलाकमा मात्र कुल १सय २८ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

ज्ञापन पत्र बुझ्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एशोसियसनको मागको बारेमा केन्द्रमा समन्वय गरेर मागको उचित सम्बोधन हुने वातावरण मिलाउने आश्वासन समेत दिनुभएको थियो ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ असार २०८०, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ असार २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ असार २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ असार २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ असार २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero