रामेछाप ५ असार । सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजि गर्ने घोषणा गरे संगै आक्रोशित बनेका कर्मचारी हरुले आज सदरमुकाम मन्थलीमा भेला भएर सरकारको उक्त कार्यको विरोध जनाएका छन् । नयाँ बजेट बक्तब्य संगै सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रीएका हुन् ।
मङ्गलवार मन्थलीको देवकोटा चोकमा भेला भएका कर्मचारीहरुले बजार परिक्रमा पछि जिल्ला हुलाक कार्यालय रामेछापको मुल (ढोकामा कालो ब्यानर राखेर विरोध जनाएका थिए । विरोध सभामा कतिपय कर्मचारीहरू लठ्ठी टेकेर आईपुगेका थिए ।उनिहरुले कालो पट्टी बाँधेर सरकारले गरेको घोषणाको विरोध गरेका छन् ।
डाँक बाहक र पत्र वितरकका भरमा जीवनको लामो समय हुलाक सेवामा समर्पित गरेका मध्य कतिपयले त ७० बर्षको उमेर पनि ब्यतित गरि सकेका छन् । उनिहरुले आफुहरुका लागि सरकारले पुर्ण वेवास्ता गर्दे र कुनै पनि सेवा सुविधा निश्चित नगरी सिधै अतिरिक्त हुलाक खारेज गर्न खोजिए पछि आक्रोशत बनेकाहरुले करिब १२ बजेतीर कार्यालयको मुल ढोकामा पुगेर हातमा कालो पट्ट्ी बाँधेर कार्यालय अगाडी धर्ना दिएका हुन् ।
जीवनको लामो समय हुलाक सेवामा व्यतीत गरेको र अहिले केही सेवा सुविधा निश्चित नगरी सिधै अतिरिक्त हुलाक खारेज गर्न खोजिएको भन्दै उनीहरूले कार्यालय अगाडी धर्ना दिएका हुन् । उनिहरुले वर्तमान गठबन्धन सरकारले अतिरिक्तका कर्मचारीहरूलाई बेवास्ता गरेर कुनै ठोस तयारी विना अतिरिक्त हुलाक खारेज गरेर बेरोजगारी सिर्जना गरेको भन्दै चरणवद्धरुपमा आन्दोलनका कार्यक्रम गर्दे जाने दावि पनि गरे ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन रामेछापका सचिव अम्बर बहादुर विश्वकर्माले आफूहरूको माग सुनुवाइ नभए असार १० गते बाट जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरी अन्य आन्दोलनका कार्यक्रमहरू सशक्त ढङ्गले अगाडी बढाउने बताए । यस अघि गत जेठ ३० गते पनि रामेछाप जिल्लाका कर्मचारीहरूले जिल्ला हुलाक कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा छुट्टाछुट्टै ज्ञापन पत्र मार्फत आन्दोलनको स्वरूपबारे जानकारी गराएका थिए । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लामा अतिरिक्त हुलाकमा मात्र कुल १सय २८ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
ज्ञापन पत्र बुझ्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एशोसियसनको मागको बारेमा केन्द्रमा समन्वय गरेर मागको उचित सम्बोधन हुने वातावरण मिलाउने आश्वासन समेत दिनुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया