रामेछाप ५ मंसीर । जिल्लामा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले मङ्गलवार आयोजना गरेको रक्तदान कार्यक्रममा१६ जना नागरिकहरूले रक्तदान गरेका छन् । दसैँ र तिहार बिदाका कारण रेडक्रसको ब्लड बैकमा रगत सकिएपछि रेडक्रसले पूर्व सूचना विना रासम सँगको समन्वय र सहकार्यमा मङ्गलवार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सो क्रममा जिल्ला रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठ लगायतका मानिसहरूले रगत दान गरेको जिल्ला रेडक्रस सोसाइटिका कोषाध्यक्ष दिनेश कार्कीले जानकारी दिनु भयो । रगतको अभाव भएको कुरा आएपछि आफूहरू समेत सहभागी भएर २ घण्टा खुल्ला र स्वतःस्फूर्त रूपमा रक्तदानको आयोजना गरिएकोमा मानिसहरू रगत दानका लागि खोजी गर्दे आएको रासमका सदस्य अप्रिल अधिकारीले बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया