Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दीप बहादुर स्मृति प्रतिष्ठानद्वारा  विद्यार्थीलाई पोसाक र विद्यालयलाई पुस्तक  वितरण 

नेपाल अभियान नेपाल अभियान
२३ पुष २०८०, सोमबार
in प्रदेश नं ३, समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ पुस । दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछापले ३ वटा विद्यालयका विद्यार्थीहरूका लागि  विभिन्न पुस्तक तथा उनीहरूका लागि विद्याको पोसाकमा म्याच हुने न्यानो कपडा समेत  वितरण गरेको छ ।

आइतबार प्रतिष्ठानले  रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालय र मुगानमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

सो अवसरमा प्रतिष्ठानले नगरको अग्रणी विद्यालय गौरीशङ्कर माविको पुस्तकालयका लागि करिब २ लाख रुपैयाँ बराबरको विभिन्न प्रकृतिका पुस्तकहरू उपलब्ध गराइएको छ भने रामेछाप नगरपालिका वडा नं ७ का दुई विद्यालय सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई ट्र्याक सुट र मोजा वितरण गरिएको जानकारी दीप बहादुर कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष नारायण कार्कीले  दिनुभयो ।

दीप बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री गौरी शङ्कर मा बी रामेछाप बजार लाई पुस्तकालय व्यवस्थापन का लागि विद्यालय को माग बमोजिम  १लाख ५०हजार रुपैयाँका  पुस्तकहरू  प्रतिष्ठान का अध्यक्ष कमल विक्रम कार्की उपाध्यक्ष नारायण कुमार कार्की र सदस्य सुदीप विक्रम कार्की र सम्बन्धित विद्यालय का बी ब्य स का अधक्ष सदस्य र प्र अ समेतको समुपस्थीतीमा वितरण गरियो । त्यसैैगरि  गौरी शङ्कर मा बी का ३ जना गरिब जेहेन्दार छात्र छत्रा लाई कक्षा ४ देखि १२ सम्म का लागि किताब कपी कलम लाग्ने शुल्क यसै शैक्षिक सत्र बाट लागु हुने गरी प्रतिष्ठानले बेहोर्ने निर्णय भएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्ययतामा ती कार्यक्रमहरू भएका थिए । कार्यक्रमका अवसरमा पोसाक अन्तर्गत रहेको न्यानो कपडा र गौरशंकर माविका लागि प्रमुख न्यौपानेले पुस्तकहरू पनि विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख न्यौपानेले  पोसाक तथा पुस्तक हस्तान्तरण गर्दै दीप बहादुर स्मृति प्रतिष्ठानले बाल बालीकाको शैक्षिक उन्नयनका लागि गरेको सहयोगको प्रशंसा गर्नु हुँदै स्वर्गीय कार्कीले जीवित हुँदा समाज परिवर्तनका लागि अतुलनीय काम गरेको स्मरण पनि  गर्नुभयो ।

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ पुष २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ पुष २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ पुष २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ पुष २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ पुष २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ पुष २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero