Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार सँग मेयर कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०८१, बुधबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
24
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,९ जेठ । रामेछाप नगरपालिकाले बुधवार पत्रकार सँग मेयर कार्यक्रमको आयोजना गरेको छ । यस प्रकारको कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गरीएको हो ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारहरुसँग सुझव लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले बताउनुभयो ।


कार्यक्रमका अवसरमा रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरमा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गर्ने, पर्यटन प्रवद्र्धनका लागि एसियाकै ठुलो बुद्धको मूर्ति स्थापना गर्ने, व्यवसायिक कृषि, लिफ्ट खानेपानी, स्वास्थ्य सेवा र पशु स्वास्थ्य सेवाका लागि विभिन्न कार्यक्रमहरुलाई समेटेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेस गरिने बताउनुभयो ।
कार्यक्रमका अवसरमा पत्रकारहरुले नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार, रोजगार प्रवद्र्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम संचालन तथा शैक्षिक सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । बन डडेलोले जिल्लाको सबैभन्दा बढी क्षति हुने नगरपालिकाको रुपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना वनाउन र रैथाने कृषि बालिहरुको संरक्षण गर्न आग्रह गरेका थिए । रामेछापमा पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना वनाउनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले जिल्लामा स्थानीय तहहरुका समन्वयमा विकास निर्माण सुरु गरेको रामेछाप नगरपालिकाले उक्त कार्य विचमै छोडेको वताउनु भयो । उहाँले मिडियाको संस्थागत विकासका लागि आवश्यक योजना वनाई लागू गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मित्रप्रसाद घिमिरेले पत्रकारले उठाएका सुझावहरुलाई नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गर्ने वताउनु भयो । पत्रकारका जनही भन्दा पनि संस्थागत माग आएमा सहयोग गर्न तयार रहेको वताउनु भयो । उहाँले कुनै आश्था र विचारका आधारमा कसैलाई व्यवहार नगर्ने वताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकारहरुले सुझाव दिने भन्दा पनि योजना कार्यान्वयनको अवस्थाको पनि निगरानी गरीदिनु पर्ने वताउनुभयो । नगरपालिकाले आर्थिक पारदर्शिता र मितव्यीता अपनाउदै विकास निर्माणमा जिल्लामानै अग्रणी काम गरेको दावि गर्दै कार्कीले अव नगरपालिकाले आर्थिक उपार्जन हुने खालका कार्यक्रम संचालन गर्ने योजना अघी सारेकोले रामेछाप नगरपालिकालाई संचारमाध्यममा ओझेलमा नपारीदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । जनप्रतिनिधिले गरेका कामको पत्रकारले निगरानी नगर्दा पनि जनप्रतिनिधिले सच्चीने मौका नपाएको अनुभुति भएकाले पत्रकारहरुले हरेक गतिविधिहरुमा घच्घच्याउनु पर्ने वताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख बालकुमारी कार्कीले विगत २ बर्षको अवधिको कुरा गर्दा संचार माध्यममा आएका समाचारहरुमा धेरै त्रुटीहरु भेटिएको वताउनुभयो । उहाँले नगरले गरेका राम्रा कामहरुको प्रचार प्रसार र स्थानीय उत्पादनलाई वजार संग जोड्नका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस तर्फ कलम चलाईदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।

Share10Tweet6Share2

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

९ जेष्ठ २०८१, बुधबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

९ जेष्ठ २०८१, बुधबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

९ जेष्ठ २०८१, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

९ जेष्ठ २०८१, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

९ जेष्ठ २०८१, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

९ जेष्ठ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.