Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुल्यो, बिहीबार बाट मन्थली –काठमाडौँ नियमित गाडी चल्ने 

बद्री नयाँघरे बद्री नयाँघरे
१६ आश्विन २०८१, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ असोज । एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुलेको छ । बुधवार रामेछाप जिल्लाका जन प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको पहलमा वैकल्पिक रूपमा ट्याक निर्माण गरे सँगै उक्त सडक खुलेको हो ।
एक हप्ता अघि  तामाकोशि नदिमा आएको बाढीले  दोलखा जिल्लाको  किर्नेटार सडक खण्डको किर्ने हाईड्रो पावर हावस नजिकैको सडक कटान गरी वगाएकोे थियो ।उक्त सडक र खुर्काेटको पुल बगाए सँगै रामेछाप जिल्ला सडक यातायातमा   सबै जिल्ला सँग सम्पर्क विहीन अवस्थामा रहेको थियो । जसका कारण इमरजेन्सी बिरामी लाई उपचार गराउन बाहिर लैजान र यात्रीहरू सबैलाई लक्ष्यमा पुग्न समस्या परेको थियो ।   
मुख्य राजमार्गबाट तत्काल सडक खुलाउन सक्ने सम्भावना नभएको अवस्थामा परियोजनाको क्याम्प भित्र बाट मात्र अस्थायी सडक सञ्चालन गर्नु बाहेक  विकल्प नभएपछि । रामेछापका जन प्रतिनिधिहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल मान घिसिङ समेतको सहयोग माग गरेका थिए । 
जिल्लाको असहज अवस्था र सोही मागको आधारमा रामेछाप आएका घिसिङले अस्थायी सडक खुलाउने बारेमा रामेछापका जन प्रतिनिधिहरू सँगै संयुक्त रूपमा  हस्ताक्षर गरेपछि  उक्त सडकको अस्थायी ट्र्याक खुलेको रामेछाप जिल्लाका समन्वय उप प्रमुख प्रेम सागर थापाले बताउनु भयो । 
  अस्थायी ट्र्याक खोलिए सँगै जिल्लाको पुरानो यातायात सेवा समिति अरनिको यातायात सेवा समितिले बिहीबार वाटै आफ्नो सेवालाई निरन्तरता दिने जनाएको छ । उसले सुनकोसी र तामाकोशि नदिले सडक भत्काए सँगै अवरुद्ध वनेको मन्थली किर्ने –चरिकोट –काठमाडौँ सडकमा रामेछाप जिल्ला हुँदै बाहिरिने र रामेछाप भित्रने सबै बसहरू बिहीबार वाट  नियमित सञ्चालनमा आउने जनाएको छ ।
आज सम्म   सडक अवरुद्ध भएका कारण सेवा दिन नसकीएको भए पनि बिहीबार वाट भने मन्थली काठमाडौँ र काठमाडौँ देखि मन्थली सम्म सञ्चालन हुने नियमित रुटको सेवा निर्वाध सञ्चालनमा ल्याइने अरनिको सेवा समिति रामेछापका प्रमुख सुवास फुयाँलले जानकारी दिनु भयो  । उहाँले सदरमुकाम देखि ग्रामीण क्षेत्रका गाडीहरूको हकमा भने त्यहाँका  सडक सुचारु भएसँगै सेवा प्रवाह गरिने पनि प्रमुख फुयाँलले बताउनु भयो ।
 
 

Share41Tweet26Share7

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१६ आश्विन २०८१, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१६ आश्विन २०८१, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१६ आश्विन २०८१, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१६ आश्विन २०८१, बुधबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

१६ आश्विन २०८१, बुधबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

१६ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.