Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुल्यो, बिहीबार बाट मन्थली –काठमाडौँ नियमित गाडी चल्ने 

बद्री नयाँघरे बद्री नयाँघरे
१६ आश्विन २०८१, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
117
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ असोज । एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुलेको छ । बुधवार रामेछाप जिल्लाका जन प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको पहलमा वैकल्पिक रूपमा ट्याक निर्माण गरे सँगै उक्त सडक खुलेको हो ।
एक हप्ता अघि  तामाकोशि नदिमा आएको बाढीले  दोलखा जिल्लाको  किर्नेटार सडक खण्डको किर्ने हाईड्रो पावर हावस नजिकैको सडक कटान गरी वगाएकोे थियो ।उक्त सडक र खुर्काेटको पुल बगाए सँगै रामेछाप जिल्ला सडक यातायातमा   सबै जिल्ला सँग सम्पर्क विहीन अवस्थामा रहेको थियो । जसका कारण इमरजेन्सी बिरामी लाई उपचार गराउन बाहिर लैजान र यात्रीहरू सबैलाई लक्ष्यमा पुग्न समस्या परेको थियो ।   
मुख्य राजमार्गबाट तत्काल सडक खुलाउन सक्ने सम्भावना नभएको अवस्थामा परियोजनाको क्याम्प भित्र बाट मात्र अस्थायी सडक सञ्चालन गर्नु बाहेक  विकल्प नभएपछि । रामेछापका जन प्रतिनिधिहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल मान घिसिङ समेतको सहयोग माग गरेका थिए । 
जिल्लाको असहज अवस्था र सोही मागको आधारमा रामेछाप आएका घिसिङले अस्थायी सडक खुलाउने बारेमा रामेछापका जन प्रतिनिधिहरू सँगै संयुक्त रूपमा  हस्ताक्षर गरेपछि  उक्त सडकको अस्थायी ट्र्याक खुलेको रामेछाप जिल्लाका समन्वय उप प्रमुख प्रेम सागर थापाले बताउनु भयो । 
  अस्थायी ट्र्याक खोलिए सँगै जिल्लाको पुरानो यातायात सेवा समिति अरनिको यातायात सेवा समितिले बिहीबार वाटै आफ्नो सेवालाई निरन्तरता दिने जनाएको छ । उसले सुनकोसी र तामाकोशि नदिले सडक भत्काए सँगै अवरुद्ध वनेको मन्थली किर्ने –चरिकोट –काठमाडौँ सडकमा रामेछाप जिल्ला हुँदै बाहिरिने र रामेछाप भित्रने सबै बसहरू बिहीबार वाट  नियमित सञ्चालनमा आउने जनाएको छ ।
आज सम्म   सडक अवरुद्ध भएका कारण सेवा दिन नसकीएको भए पनि बिहीबार वाट भने मन्थली काठमाडौँ र काठमाडौँ देखि मन्थली सम्म सञ्चालन हुने नियमित रुटको सेवा निर्वाध सञ्चालनमा ल्याइने अरनिको सेवा समिति रामेछापका प्रमुख सुवास फुयाँलले जानकारी दिनु भयो  । उहाँले सदरमुकाम देखि ग्रामीण क्षेत्रका गाडीहरूको हकमा भने त्यहाँका  सडक सुचारु भएसँगै सेवा प्रवाह गरिने पनि प्रमुख फुयाँलले बताउनु भयो ।
 
 

Share47Tweet29Share8

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ आश्विन २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ आश्विन २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ आश्विन २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ आश्विन २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ आश्विन २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero