Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नीति र विधिका आधारमा पालिकालाई उत्पादन सँग जोडिने पालिका प्रमुखहरु को भनाई

नेपाल अभियान नेपाल अभियान
२२ जेष्ठ २०७९, आईतवार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २२ जेठ । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित रामेछाप जिल्लाका जन प्रतिनिधिहरुले आफनो पालिकालाई नीति ,विधि र पद्धतिमा लैजान आफुहरुले सबै संगै हातेमालो गरेर जान चाहेको बताएका छन् । सो कुरा उनीहरुले आईतबार नेपाल पत्रकार महासंघ,जिल्ला सहकारी संघ र रामेछाप उद्योग बाणिज्य संघ मन्थली द्धारा संयुक्त रुपमा सदरमुकाम मन्थलीमा आयोजित बधाई, स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमका अबसरमा बताएका हुन् ।

उनीहरुले विगतको नेतृत्वले गरेका राम्रा र नराम्रा दुवै थरि काम बाट पाठसिक्दै बर्तमानको धर्तिलाई टेकेर पालिकाको संम्बृद्धिका लागि लागि पर्ने पनि बताए ।
त्यसका लागि जिल्लाका तीनवटै संस्थाको सहयोग आबश्यक पर्ने भएकोले प्राप्त सुझाबलाई पनि आफुहरुले मार्ग दर्शनका रुपमा लिएर काम गर्न चाहेको पनि उनीहरुले बताए । सो अबसरमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले आफुले नीति,बिधि र पद्धतिको अनुसरण गर्दै काम गर्ने सोच बनाएकोले सोहि आधारमा सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे ।
उनले अधिकार खोज्दै गर्दा कर्तव्य पनि भूल्न नहुने भन्दै सबैलाई आफनो कर्तब्य परायणतालाई पनि नभुल्न सुझाब दिए । मन्थली नगरले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पनि सोहि आधारमा ल्याउने भएकोले सकरात्मक सहयोगका लागि पनि उनले सबै संग आग्रह गरे ।
कार्यक्रममा बोल्दै रामेछापका नगर प्रमुख लब श्री न्यौपानेले पालिकाहरुलाई उत्पादन संग जोड्न नसके सम्म नगरको संबृद्धि संभव नहुने बताए । उनले किसानले उत्पादन गरेको कृषि उपजहरुको उसको लागतका आधारमा न्युनतम मुल्य निर्धारण गर्ने रामेछाप नगरपालिकाको लक्ष्य रहेको पनि बताए । रामेछाप जिल्ला मासुमा आत्मनिर्भर भैसकेकाले अब अन्य उपजहरुमा पनि आत्मनिर्भर तथा उत्पादीत बस्तुको निर्यात गर्नसक्नेगरी लाग्न पनि उनले सबैलाई आग्रह गरे ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले कृषि कहिलेपनि नाफामा जाने पेशा नभएकाले अहिले किसानलाई प्रदान गरिरहेको अनुदान कार्यक्रमले मुलुकलाई समृद्ध बनाउन नसक्ने बताए । उनले कृषि क्षेत्रको विकास विना बाँकि बिकासले मात्र संमुद्धि आउन नसक्ने ठोकुवा गर्दे यसका लागि संघ, प्रदश र पालिकाको बजेटले नपुगेको खण्डमा अन्य क्षेत्रको सहयोग जुटाउने अभियानमा लाग्ने योगना पनि आफुसंग रहेको बताए ।
कार्यक्रममा लखिुतामाकोसी गाउँपालिका अध्यक्ष केशव महत, गोकुल गंगा गाउँपालिकाका अध्यक्ष काजि बहादुर खड्का सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले पनि कृषि क्षेत्रको लगानीलाई बैज्ञानिक तरिकाले ब्यवस्थान पन गर्न सकेमा आफनो पालिकाको विकास र संमृद्धि संभब रहेको बताए । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमा उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनवार,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल,रामेछाप उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष श्याम थापा लगायतका बक्ताहरुले सबै संग सहकार्य गर्दे अघि बढ्न सुझाब दिदै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको कामना गरेका थिए ।
जिल्ला सदरमुकाम मन्थलीमा आइतबार आज नवनिर्वाचित आठ वटै स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ जेष्ठ २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ जेष्ठ २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ जेष्ठ २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ जेष्ठ २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ जेष्ठ २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ जेष्ठ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero