Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिज रामेछापको स्थापना दिबसमा दुईजना पत्रकार सम्मानित

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०७९, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
80
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २७ साउन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । शुक्रबार मन्थली नगरपालिकाको सभाहलमा मनाईएको स्थापना दिवसका अवसरमा फोनिज को २३ औं स्थापना दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापले आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ठ आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कार–२०७९ बाट नवराज श्रेष्ठलाई र खोज पत्रकारीता बर्ष पुरस्कार बाट पत्रकार टिका प्रसाद भट्ट लाई सम्मान गरिएको हो ।
श्रेष्ठलाई नगद रु १० हजार सहित र भट्टलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । उहाँहरुलाई प्रमुख अतिथि युवराज श्रेष्ठ, विशिष्ठ अतिथि द्वय मन्थली र रामेछाप नगरका उप प्रमुख सहितले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
सम्मानित भट्टले विगत ३० वर्षदेखि जिल्लामा पत्रकारीता गर्दै आउनु भएको छ भने श्रेष्ठ ग्यालेक्सि टेलिभिजन, जिल्लाका रेडियो, अनलाईन लगाएत बिभिन्न मिडियामा आबद्ध हुनुहुन्छ । यस अघि ३ जना जनजाति पत्रकारहरुलाई पुरस्कृत गरेको (फोनिज) ले यो पटक एक पुरस्कार राशी थप गर्दै दुई जनालाई सम्मान गर्न पाउँदा आफु र आफनो संस्थालाई गर्ब लागेको कार्यक्रमका अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयो ।

सो अबसरमा पुुरस्कार राशीका संस्थापक तथा फोनिजका पूर्ब अध्यक्ष सुमित श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले हालसम्म फोनिज रामेछापले अहिले सम्म गरेको काम तथा संस्थाको उद्देश्यका बारेमा पनि जानकारी गराउनु भएको थियो ।
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता तथा कार्यक्रमको उद्घाटन् फोनिज बागमति प्रदेशका अध्यक्ष युबराज श्रेष्ठले गर्नु भएको थियो । सो अबसरमा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्की ,नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठ,नेपाल पत्रकार महासंघ बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुँगेल,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशब घिमिरे,प्रेश चौतारी नेपालका ईन्चार्ज विफा घिसिङ्ग,नेपाल प्रेश युनियनका अध्यक्ष अप्रिल अधिकारी लगाएतका बक्ताहरुले फोनिज स्थापना दिबसका अबसरमा सबै फनिज कर्मिहरु लाई शुभकामना दिनुका साथै सम्मानित पत्रकारद्धयलाई बधाई दिनुभएको थियो ।

Share32Tweet20Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ श्रावण २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ श्रावण २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ श्रावण २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ श्रावण २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ श्रावण २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ श्रावण २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero