Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिरन्जिवी डेरीको शाखा रामेछाप बजारमा

नेपाल अभियान नेपाल अभियान
६ भाद्र २०७९, सोमबार
in प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
139
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ६ भदौ । “किसानको गोठ देखि तपाईको ओठसम्म” भन्ने मूल नाराका साथ सदरमुकाम मन्थलीमा दूध डेरी संचालन गरि कृषकहरुको मन जित्न सफल चिरञ्जीवी डेरीले आफनो अर्काे शाखा संचालनमा ल्याएको छ । दुधको ब्यवसाय मार्फत कृषक हरुलाई आर्थिक सम्बृद्धि संग जोड्ने मुल उदेश्यका साथ सोमबार बाट उक्त उद्योगले पुरानो सदरमुकाम रामेछाप बजारमा डेरी संचालनमा ल्याएको हो ।
सदरमुकाम मन्थलीमा डेरी संचालन गरी उपभोक्ताहरुलाई सेवा दिंदै आएको उक्त डेरीको उद्घाटन सोमबार रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले औपचारिक रुपमा रिबन काटेर गनु भएको हो । चिरञ्जीवी डेरी तथा सप्लायर्सको नामबाट सन्चालनमा ल्याईएको उक्त डेरीको विकास संगै नगरका कृषकहरुले पनि गाई भैसी पालनमा ध्यान दिन सके दूधजन्य उत्पादन र परिकारवाट राम्रो आय आर्जन हुने विश्वास गरिएको छ ।
उद्धघाटन मन्तब्यमा बोल्दै नगर प्रमुख लवश्री न्यौपानेले चिरन्जिवी डेरी तथा सप्लायर्सका कारण रामेछाप बजार आसपासका उपभोक्ताहरुलाई पनि सहज हुनुका साथै दुग्ध ब्यवसाय गर्न चाहने कृषकहरुका लागि पनि यसबाट ठुलो सहयोग पुग्ने बताउनु भयो ।त्यसका लागि कृषकहरुलाई नगरले पनि सहयोग गर्ने आश्वासन प्रमुखले दिनुभयो । गाई,भैँसी पालेर दुध उत्पादन गर्न चाहने किसानहरुलाई नगरपालिकाले गर्नुपर्ने सहयोगमा पनि कुनै कमि नहुने उहाँले बताउनुभयो ।
उद्धघाटन कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ,विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

रामेछाप बजार संगै जिल्लाका विभिन्न ठाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको उक्त डेरीले लामो समयदेखि रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा डेरी सन्चालमा ल्याएर दुध दहि घिउ पनिर खुवा लगाएतको सामाग्रीमा जिल्लालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।
जिल्लाका विभिन्न ठाउँहरुमा आफ्नो शाखा विस्तार गरेको डेरीका सन्चालक भानु श्रेष्ठले जानकारी दिनुभयो । डेरीले गाई,भैँसी पाल्न चाहने कृषकहरुलाई ऋण उपलब्ध गराएर सहयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

रामेछाप नगरपालिकामा गाई,भैँसी पालन गर्ने किसानहरुको संख्या निकै न्युन रहेको र उक्त संख्या बढाउन पनि रामेछाप बजारमा चिरञ्जीवी डेरी तथा सप्लायर्स संचालनमा ल्याइएको डेरीका संचालक श्रेष्ठले बताउनुभयो । रामेछाप बजार स्थित क्याम्पस गेट नजिकै संचालनमा ल्याईएको उक्त डेरीमा दुध,दही,घिउ,पनिर,खुवा,छुर्पी,केक,आईसक्रिम लगायत दुधबाट बन्ने विभिन्न परिकारहरु तयार पारेर बिक्रिका लागि राखिने पनि श्रेष्ठले बतउनुभयो । ।

Share56Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ भाद्र २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ भाद्र २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ भाद्र २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ भाद्र २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ भाद्र २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero